गोपीकृष्ण चापागाई

माघ, काठमाडौं ।

आफुमा कला भएर पनि गीतसंगीत क्षेत्रमा आउन नसक्ने धेरै नव प्रतिभाहरु हुनसक्दछन् । कतिपयलाई आर्थिक समस्याले ओझेलमा पारेको हुन्छ त क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोपीकृष्ण चापागाई

माघ, काठमाडौं ।

आफुमा कला भएर पनि गीतसंगीत क्षेत्रमा आउन नसक्ने धेरै नव प्रतिभाहरु हुनसक्दछन् । कतिपयलाई आर्थिक समस्याले ओझेलमा पारेको हुन्छ त क"/>

2026-10-26 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुख दुखको साथी रहेछ गीतसंगीत: नवगायक भरत परियार

गोपीकृष्ण चापागाई

माघ, काठमाडौं ।

आफुमा कला भएर पनि गीतसंगीत क्षेत्रमा आउन नसक्ने धेरै नव प्रतिभाहरु हुनसक्दछन् । कतिपयलाई आर्थिक समस्याले ओझेलमा पारेको हुन्छ त कतिपयलाई भौगोलिक समस्याले पनि बाँधिरहेको हुन्छ ।

यस्तै आँफुमा कला र रुची हुँदाहुँदै पनि गीतसंगीतको क्षेत्रमा सक्रिय भएर अगाडि बढ्न सकेका छैनन् नव गायक भरत परियार । नेपाली लोकगीतको क्षेत्रमा रुची र कला भएका भरतले आर्थिक समस्याका कारण आँफुले सोँचे जस्तो सक्रिय हुन नसकेको बताउँछन् । अहिले सम्म नेपाली लोकदोहोरीको क्षेत्रमा एकवटा गीत गाएका उनले गीतसंगीतको क्षेत्र निकै ठुलो भएको र यस क्षेत्रमा फराकिलो भएर अगाडि बढ्न अनेक कुराहरुले अल्झाएको बताउँछन् ।

गएको बर्षमात्र ‘हर खुसी दिन्छु तिमीलाइर्’ बोलको लोक तथा दोहोरी गीतबजारमा ल्याएका भरतले अब अर्को गीत बजारमा ल्याउने तयारीमा छन् । उनले पहिलो गीतमा गायिका पुर्णकला बिसीसँग स्वर दिएका छन् । एकगीत बजारमा ल्याउनका लागी निकै नै संघर्ष गरेको बताउने उनी अर्को गीत आउँने नयाँबर्षमा निकाल्ने तयारीमा जुटेको बताउँछन् ।

गीतसंगीतको क्षेत्र सानै देखीको रुचीको क्षेत्र भएकोले यस क्षेत्रलाई जीवनभर अंगाल्नका लागी धेरै संघर्ष गरेर यहाँसम्म आएको र भोलीको दिनमा अझ धेरै संघर्ष गर्न बाँकी रहेको भन्दै उनी अहिले पनि गीतसंगीत लेखन तथा गायनमा सक्रिए छन् ।

पुराना कलाकारहरुले प्रोत्साहन गर्नुपर्छ

नव गायक भरत परियारले पुराना कलाकारहरुकै प्रेरणाले नयाँ कलाकारहरु जन्मिने बताउँछन् । ‘हामी नयाँ कलाकारहरु अग्रज पुराना कलाकारहरुको प्रेरणाले यो क्षेत्रमा अघि बढ्ने हो, त्यसैले पुराना कलाकारहरुले पनि नयाँ कलाकारहरुलाई प्रोत्साहन गरीदिनुभयो भने धेरै राम्रो हुनेथियो ।

कला भएका मानिस धेरै हुन्छन् तर बिबिध कारणले गुम्सिएर बसेका छन् त्यस्ता प्रतिभाहरुलाई बाहिर निकाल्नका लागी पुराना कलाकारहरुले प्रोत्साहन स्वरुप केहि कदम चालिदिनुभए धेरै राम्रो हुने थियो ।’

सुख दुखको साथी रहेछ गीतसंगीत

लामो संघर्ष गरेर गीतसंगीतको क्षेत्रमा आएका भरतले एकगीत बजारमा ल्याएर अझ फराकिलो तहबाट गीतसंगीतलाई बुझ्दै गरेको बताएका उनले गीतसंगीत सुख दुखको साथी रहेको बताउँछन् । कुनै पनि दुखको क्षणमा पनि गीतसंगीतको आवश्यक पर्ने र सुख साट्न पनि यहि गीतसंगीत चाहिने बताउँछन् उनी ।

साथै उनले गीतसंगीत कस्तो बेलामा बढी गुनगुनाउँनुहुन्छ भन्ने हाम्रो प्रश्नमा आँफु एक्लो भएको बेलामा बढी गीतहरु गुनगुनाउँने बताए ।

लगानी उठाउन निकै गाह्रो

आफ्नो पहिलो गीतमै ठुलो लगानी गरेका भरतले गीतसंगीत क्षेत्रमा लगानी गरेर लागेको लगानीमात्र उठाउन पनि निकै गाह्रो पर्ने बताउँछन् । ‘अहिले आधुनिक युग भएकाले पहिलाको जस्तो सिडि, डिभिडि नबिक्ने भएकोले पनि आम्दानी गर्न गाह्रो छ तर साच्चै नै राम्रा गीत र दर्शकले मन पराउने गीत ल्याउन सकियो भने आम्दानी हुँदैनहुने भने चाँही होइन ।’ उनले भने ।

नव प्रतिभाहरुलाई मिडियाबाट पनि साथ तथा सहयोग भयो भने अझ उनीहरुलाई प्रोत्साहन हुनेथियो ।, भरतले थपे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने