गोपीकृष्ण चापागाई

माघ, काठमाडौं ।

आफुमा कला भएर पनि गीतसंगीत क्षेत्रमा आउन नसक्ने धेरै नव प्रतिभाहरु हुनसक्दछन् । कतिपयलाई आर्थिक समस्याले ओझेलमा पारेको हुन्छ त क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोपीकृष्ण चापागाई

माघ, काठमाडौं ।

आफुमा कला भएर पनि गीतसंगीत क्षेत्रमा आउन नसक्ने धेरै नव प्रतिभाहरु हुनसक्दछन् । कतिपयलाई आर्थिक समस्याले ओझेलमा पारेको हुन्छ त क"/>

2026-07-11 08:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुख दुखको साथी रहेछ गीतसंगीत: नवगायक भरत परियार

गोपीकृष्ण चापागाई

माघ, काठमाडौं ।

आफुमा कला भएर पनि गीतसंगीत क्षेत्रमा आउन नसक्ने धेरै नव प्रतिभाहरु हुनसक्दछन् । कतिपयलाई आर्थिक समस्याले ओझेलमा पारेको हुन्छ त कतिपयलाई भौगोलिक समस्याले पनि बाँधिरहेको हुन्छ ।

यस्तै आँफुमा कला र रुची हुँदाहुँदै पनि गीतसंगीतको क्षेत्रमा सक्रिय भएर अगाडि बढ्न सकेका छैनन् नव गायक भरत परियार । नेपाली लोकगीतको क्षेत्रमा रुची र कला भएका भरतले आर्थिक समस्याका कारण आँफुले सोँचे जस्तो सक्रिय हुन नसकेको बताउँछन् । अहिले सम्म नेपाली लोकदोहोरीको क्षेत्रमा एकवटा गीत गाएका उनले गीतसंगीतको क्षेत्र निकै ठुलो भएको र यस क्षेत्रमा फराकिलो भएर अगाडि बढ्न अनेक कुराहरुले अल्झाएको बताउँछन् ।


गएको बर्षमात्र ‘हर खुसी दिन्छु तिमीलाइर्’ बोलको लोक तथा दोहोरी गीतबजारमा ल्याएका भरतले अब अर्को गीत बजारमा ल्याउने तयारीमा छन् । उनले पहिलो गीतमा गायिका पुर्णकला बिसीसँग स्वर दिएका छन् । एकगीत बजारमा ल्याउनका लागी निकै नै संघर्ष गरेको बताउने उनी अर्को गीत आउँने नयाँबर्षमा निकाल्ने तयारीमा जुटेको बताउँछन् ।

गीतसंगीतको क्षेत्र सानै देखीको रुचीको क्षेत्र भएकोले यस क्षेत्रलाई जीवनभर अंगाल्नका लागी धेरै संघर्ष गरेर यहाँसम्म आएको र भोलीको दिनमा अझ धेरै संघर्ष गर्न बाँकी रहेको भन्दै उनी अहिले पनि गीतसंगीत लेखन तथा गायनमा सक्रिए छन् ।

पुराना कलाकारहरुले प्रोत्साहन गर्नुपर्छ

नव गायक भरत परियारले पुराना कलाकारहरुकै प्रेरणाले नयाँ कलाकारहरु जन्मिने बताउँछन् । ‘हामी नयाँ कलाकारहरु अग्रज पुराना कलाकारहरुको प्रेरणाले यो क्षेत्रमा अघि बढ्ने हो, त्यसैले पुराना कलाकारहरुले पनि नयाँ कलाकारहरुलाई प्रोत्साहन गरीदिनुभयो भने धेरै राम्रो हुनेथियो ।

कला भएका मानिस धेरै हुन्छन् तर बिबिध कारणले गुम्सिएर बसेका छन् त्यस्ता प्रतिभाहरुलाई बाहिर निकाल्नका लागी पुराना कलाकारहरुले प्रोत्साहन स्वरुप केहि कदम चालिदिनुभए धेरै राम्रो हुने थियो ।’

सुख दुखको साथी रहेछ गीतसंगीत

लामो संघर्ष गरेर गीतसंगीतको क्षेत्रमा आएका भरतले एकगीत बजारमा ल्याएर अझ फराकिलो तहबाट गीतसंगीतलाई बुझ्दै गरेको बताएका उनले गीतसंगीत सुख दुखको साथी रहेको बताउँछन् । कुनै पनि दुखको क्षणमा पनि गीतसंगीतको आवश्यक पर्ने र सुख साट्न पनि यहि गीतसंगीत चाहिने बताउँछन् उनी ।

साथै उनले गीतसंगीत कस्तो बेलामा बढी गुनगुनाउँनुहुन्छ भन्ने हाम्रो प्रश्नमा आँफु एक्लो भएको बेलामा बढी गीतहरु गुनगुनाउँने बताए ।

लगानी उठाउन निकै गाह्रो

आफ्नो पहिलो गीतमै ठुलो लगानी गरेका भरतले गीतसंगीत क्षेत्रमा लगानी गरेर लागेको लगानीमात्र उठाउन पनि निकै गाह्रो पर्ने बताउँछन् । ‘अहिले आधुनिक युग भएकाले पहिलाको जस्तो सिडि, डिभिडि नबिक्ने भएकोले पनि आम्दानी गर्न गाह्रो छ तर साच्चै नै राम्रा गीत र दर्शकले मन पराउने गीत ल्याउन सकियो भने आम्दानी हुँदैनहुने भने चाँही होइन ।’ उनले भने ।

नव प्रतिभाहरुलाई मिडियाबाट पनि साथ तथा सहयोग भयो भने अझ उनीहरुलाई प्रोत्साहन हुनेथियो ।, भरतले थपे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट