माघ ९, प्युठान । नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा प्युठानको आयोजनामा संचालित आत्मविकास तथा नेतृत्व विकास समबन्धी  दुई दिने तालिम  सम्पन्न भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ९, प्युठान । नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा प्युठानको आयोजनामा संचालित आत्मविकास तथा नेतृत्व विकास समबन्धी  दुई दिने तालिम  सम्पन्न भएको छ "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

आत्मविकास तथा नेतृत्व विकास तालिम खलङ्गामा सम्पन्न

९ माघ २०७३, आईतवार १२:३०


माघ ९, प्युठान । नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा प्युठानको आयोजनामा संचालित आत्मविकास तथा नेतृत्व विकास समबन्धी  दुई दिने तालिम  सम्पन्न भएको छ । 

प्युठान न.पा. १३ विजयनगर स्थीत विजयलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको भवनमा संचालित उक्त तालिमको शनिबार समापन गरिएको हो । संस्थाका पदाधिकारी तथा उपशाखाहरुको नेतृत्व गर्ने पदाधीकारीहरु विच  सञ्चालन गरिएको तालिममा आत्मविकास नेतृत्व, नेतृत्व गर्ने शैली, व्यक्ति विकास संगै संस्थागत विकास, धारणा, बुझाई, सोचाई, समुह सहकार्य, समुह निर्माण, सुचना व्यवस्थापन, आत्मविकास र परिवर्तन, क्षमताविकास अनुगमन मुल्याङ्घन पद्धति, निर्णय प्रक्रीया लगाएतका विषयमा छलफल गरिएको तालिममा सहभागी रेडक्रस सोसाईटी जिल्ला साखा प्युठानका उपमन्त्री यादव खनालले जानकारी दिनुभयो । 

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्युठान अन्र्तगतका १७ वटा उपशाखा र जिल्ला शाखाका पदाधिकारी गरी ३१ जना तालिममा सहभागी रहेको संस्थाका मन्त्री दामोदर शर्माले जानकारी दिनुभयो । आगामी दिनमा नेपाल रेडक्रस सोसाईटीको संस्थागत विकास र गतिविधिमा वृद्धि गर्नको लागी कार्ययोजना निर्माण समेत गरिएको छ । साथै सहभागीहरुले निर्माण गरेको कार्ययोजना लाई आ–आफ्नो उपशाखामा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 


तालिम पश्चात सहभागीको तर्फवाट  महिला सहभागी खैरा उपशाखाका मिना गिरी र पुरुष सहभागीको तर्फबाट चुजा उपशाखाका नारायण पौडेलले  मन्तव्य राख्दै आफुहरुले तालिमबाट धेरै कुरा  सिक्ने अबसर पाएको भन्दै तालिममा भएका गतिविधिलाई व्यवहारमा उतारी अगाडी वढ्नुपर्नेमा जोड दिएका थिए । 

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्युठानका सभापति गुमानराज पुलामीको अध्यक्षबाट सुरु भएको कार्यक्रममा उपसभापति टोपाराम आचार्य, सदस्य नारायण पौडेल, कार्यक्रम अधिकृत ईश्वरा सुवेदीले सहजिकरण गर्नुभएको तालिमको समापन सभापति गुमानराज पुलामीले गर्नुभएको थियो । सागर शर्माको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह