श्याम थापा/माघ ९, नवलपरासी । नवलपरासीको गण्डकमा नदि नियन्त्रणका लागी भईरहेको कार्यहरु गुणस्तरहिन भएको छ । 

पकलिहवा गाबिसको ठोकर न.५ र नर्सही "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्याम थापा/माघ ९, नवलपरासी । नवलपरासीको गण्डकमा नदि नियन्त्रणका लागी भईरहेको कार्यहरु गुणस्तरहिन भएको छ । 

पकलिहवा गाबिसको ठोकर न.५ र नर्सही "/>

१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको गण्डक नदी नियन्त्रण कार्य गुणस्तरहिन बन्दै, नेपाली प्रसाशन मौन

९ माघ २०७३, आईतवार १२:३७


श्याम थापा/माघ ९, नवलपरासी । नवलपरासीको गण्डकमा नदि नियन्त्रणका लागी भईरहेको कार्यहरु गुणस्तरहिन भएको छ । 

पकलिहवा गाबिसको ठोकर न.५ र नर्सही गाबिसको ठोकर न.१६ मा महिना देखी कार्य भैरहेको हुदा पनि सो कामको नत भारत पक्षबाट नत नेपाल पक्ष बाट अनुगमन नभएको स्थानियहरुले बताएका छन । 

नदि नियन्त्रण कार्यको लागी भारत पक्षले गण्डक सम्झौता अनुरुप कार्य गर्न परेपनि सो कार्यहरु कति लगानी र के के गर्ने हो त्यसको बारे नेपाल पक्षलाई कुनै प्रकारको जानकारी नदिने गरेको गण्डक नदि नियन्त्रण सर्घष समितीका उपाध्यक्ष कृष्ण बाहादुर थापाले बताउनु भयो । 

भैरहेको ठोक्कर मर्मत कार्यहरुमा सोनपुरको बालुवा र मिर्जापुरको गिट्टिको प्रयोग गर्ने भनिएता पनि भारतिय ठेक्दारले स्थानिय गिट्टि र बालुवाको प्रयोग गरिरहेको स्थानिय रुदल लोनियाले जानकारी दिनु भएको छ । 


स्थानिय बासीहरुको पटक पटक गुनासो आएपछि सो कार्यहरुको स्थलगत अनुगमन गर्न नवलपरासी जिल्लाको क्षेत्र न.६ का माननिय सांसद देवकरण कलवार सन्तु पुग्नु भएको थियो । अनुगमन  क्रममा सांसद कलवारले बाउ बिनाको छोरा छोरी जस्तै यो ठोक्कर मर्मत कार्यहरु पनि त्यसतै भईरहेको बताउनु भयो । 

आफु सो कार्य स्थलमा अनुगमन गर्न जादा भारत तर्फका गण्डकका कर्मचारी र ठेक्दार बिना कार्यहरु भैरहेको र काम गुणस्तरहिन भएको सासंद कलवारले बताउनु भएको छ । साथै सो बिषयमा आफुले नेपालका प्रसाशनहरुलाई जानकारी गराउने र केन्द्र बाटै पहल गर्ने स्थानियबासीहरु संग प्रतिब्धता गर्नु भएको उहाँले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो विश्वकपको ट्रफी नेपालमा ल्याइने ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल सुनचाँदीको मूल्य घट्यो अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन आजको मौसमकोः तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री