१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पोषण खाद्य सुरक्षा रणनिति तयारीका लागी सरोकारवाला सँगको सुझाव संकलन

१० माघ २०७३, सोमबार ०२:३६

कमल रावल/माघ १०, मंगलसेन । पोषण खाद्य सुरक्षा रणनिति तयारीका लागी सरोकारवाला सँगको सुझाव संकलन गोष्ठि सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ । 

जिल्ला कृषि बिकास कार्यालय अछामको समन्वयमा यस अघि अछामका विभिन्न गाबिसको अध्ययन अनुसार पराक्टीकल एक्सनले तयार पारेको सांराश रणनितिमा सरोकारवालाले सुझाब दिएका हुन । सहभागि राजनितिज्ञ तथा सरोकारवालाले अछाम जिल्लाको पोषण र खाद्यको स्थितीको अध्ययन गर्दा जिल्लामा उत्पादीत खाद्यान्नले किसानलाई खान पुगि रहेको छ की छैन भन्ने बिषयमा पहिले अध्ययन गर्नु पर्नेमा जोड दिएका थिए । जिल्लामा अझै पनि स्थानिय उत्पादनलाई बढवा दिन नसकिएकाले यस क्षेत्रमा सबैको ध्यान जानु पर्ने बताएका थिए । 

जिल्लाका सबै गाबिसको स्थिती झल्कीने गरि कुन ठाँउमा के उत्पादन हुन्छ भनेर सुक्ष्म अध्ययन गरिनु पर्नेमा जोड दिएका थिए । पराक्टीकल एक्सनले गरेको अध्ययन अनुसार अछाम जिल्लामा ३० प्रतिशत जनता खाद्य असुरक्षाबाट पिडित भएका पाईएको छ भने ४१ प्रतिशत वालवालिका कुपोषणबाट पिडित भएका पाईएको छ । कार्यक्रममा उद्देश्य सहितको साराशं प्रस्तुती पराक्टीकल एक्सनका पोषण खाद्य सुरक्षा अधिकृत कुष्ण तिवारीले प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा बोल्दै जिल्ला कृषि बिकास कार्यालय अछामका वरिष्ठ कृषि बिकास अधिकृत विष्णु हरि देवकोटाले अछाम जिल्लाको जनसख्या अनुसार अझै ११ हजार बढी मेट्रीक टन खाद्यान्न अभाव भएको बताउनु भयो । जिल्लामा व्यावसाय सहित उत्पादन दिने बाली सबै किसानले प्रयोगमा ल्याउनु पर्ने बताउनु भयो । 

आधुनिक कृषि प्रणाली, सिचाई, मल, विउ, कर्मचारी अभाव तथा कृषि शिक्षाको अभावका कारण सबैको कृषिमा पहुच पुग्न नसकेको बताउनु भयो । सहभागि सबैका जिज्ञासाको उत्तर दिदै पराक्टीकल एक्सनका म्यानेजर पुष्प पौड्यालले सबैका सुझावलाई संकलन पछी अब कार्य योजनामा समेट्ने बताउनु भयो । 

जिल्ला कृषि विकास कार्यालयको समन्वयमा आफनो कार्य योजना निर्माण भएकाले सबैले गहिराईमा पुगेर अध्ययन गरि सुझाव दिन आग्रह गरेका थिए । जिल्ला स्थित राजनितिक दलका प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधी, संञ्चारकर्मिको सहभागिता रहेको कार्यक्रमको संञ्चालन गजेन्द्र प्रसाद खत्रिले गर्नु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह