२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रहरी कार्यालयको अगुवाईमा बस तथा जीपमा जनचेतना मूलक सन्देश प्रशारण सुरु

२०७३, १० माघ सोमबार ०२:३८

टेक बहादुर थापा/माघ १०, मंगलसेन । विदेशमा जाँदा आउँदा तथा बसमा यात्रा गर्दा यात्रुले भोग्नुपर्ने समस्यालाई मध्येनजर गर्दै जिल्ला प्रहरी कार्यालयको अगुवाईमा बस तथा जीपमा जनचेतनामूलक सन्देश प्रशारण गर्न थालिएको छ । 

सुरक्षित यात्रा, विदेश जाँदा ध्यान दिनुपर्ने कुराहरु, फर्किदा ध्यान दिनुपर्ने कुराहरु, बिदेशमा रहँदा सुरक्षित बस्ने उपाय, ट्राफिक नियमको पालना लगायतका बिषयमा बस तथा जिपहरुहमा चेतनामूलक सन्देश प्रशारण गर्न थालिएको हो । 

बिदेश जाँदा अज्ञानताका कारण यस क्षेत्रमा जनताले दुःख पाएको, समस्या भोगेको, बेपत्ता हुने गरेको, लुटिएको लगायतका समस्यालाई मध्येनजर गर्दै अछाम जिल्लामा संञ्चालन हुने सबै बस तथा जिपहरुमा जनचेतना मुलक सन्देशहरु प्रसारण गर्न थालिएको अछामका प्रहरी नयाब उपरिक्षक निरञ्जन दत्त भट्टले ताउनु भयो । 

जिल्लाका बस ब्यवसायी समिती र जिप ब्यवसायी समिती संग समन्वय गरि यो अभियानको थालनी गरिएको हो । “जिल्ला बाट बाहिरीने र भित्रीने सबै गाडीहरुमा गाडीमा जादा ध्यान दिनुपर्ने कुरा, बिदेश जादा ध्यान दिनुपर्ने कुरा लगायत विभीन्न जनचेतना मुलक सन्देशहरु प्रसारण गर्न थालीएको छ” प्रहरी नायब उपरिक्षक भट्टले भन्नुभयो “भिडीयो भएको बसमा भिडियो र अन्य गाडीहरुमा अडियो प्रसारण गर्न अनुरोध गरेका छौँ ।”  

मानव बेचबिखन न्यूनिकरण, यात्राका क्रममा  हुन सक्ने सम्भावित घट्नाहरु, यात्रुले अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिने उदेश्यले यो कार्यको थालनी गरिएको प्रहरीले जनाएको छ ।  जिल्लाका सिमा नाकाहरुमा गाडी चेकजाँच गर्ने कार्यालाई पनी कडाई गरिएको कार्यालयले जनाएको छ । यस्तै अछामका प्रमुख ब्यापारिक केन्द्र साफेबगरमा पनी आईतबार सबै बस ब्यवसायी समिती, जिप ब्यावसायी

समिती लागायत अन्य सरोकारवाला संग अन्र्तक्रिया गरि यो कार्यको थालनी गरिएको ईलाका प्रहरि कार्यालय साफेबरगका प्रमुख प्रहरी निरिक्षक महेन्द्र कलौनीले जानकारी दिनु भएको छ । कार्यक्रममा सहभागी सरोकारवालाले अछाम प्रहरीले राम्रो कामको थालनी गरेको भन्दै यस कार्यमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाएका थिए । 

यो सबैको सरोकारको विषय भएकाले यस कार्यमा आ आफ्नो क्षेत्र बाट सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय अछामले सबैलाई अनुरोध गरेको छ । गत शुक्रबार अछामका साफेबगरमा भएको सुरक्षित आप्रवासन तथा मानव बेचबिखन रोकथाम सम्बन्धीको कार्यक्रममा अछामका प्रहरी प्रमुख भट्टले जिल्लामा संञ्चालन हुने सबै गाडीहरुमा जनचेतना मुलक सन्देशहरु प्रसारण गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ