२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रहरी कार्यालयको अगुवाईमा बस तथा जीपमा जनचेतना मूलक सन्देश प्रशारण सुरु

१० माघ २०७३, सोमबार ०२:३८

टेक बहादुर थापा/माघ १०, मंगलसेन । विदेशमा जाँदा आउँदा तथा बसमा यात्रा गर्दा यात्रुले भोग्नुपर्ने समस्यालाई मध्येनजर गर्दै जिल्ला प्रहरी कार्यालयको अगुवाईमा बस तथा जीपमा जनचेतनामूलक सन्देश प्रशारण गर्न थालिएको छ । 

सुरक्षित यात्रा, विदेश जाँदा ध्यान दिनुपर्ने कुराहरु, फर्किदा ध्यान दिनुपर्ने कुराहरु, बिदेशमा रहँदा सुरक्षित बस्ने उपाय, ट्राफिक नियमको पालना लगायतका बिषयमा बस तथा जिपहरुहमा चेतनामूलक सन्देश प्रशारण गर्न थालिएको हो । 

बिदेश जाँदा अज्ञानताका कारण यस क्षेत्रमा जनताले दुःख पाएको, समस्या भोगेको, बेपत्ता हुने गरेको, लुटिएको लगायतका समस्यालाई मध्येनजर गर्दै अछाम जिल्लामा संञ्चालन हुने सबै बस तथा जिपहरुमा जनचेतना मुलक सन्देशहरु प्रसारण गर्न थालिएको अछामका प्रहरी नयाब उपरिक्षक निरञ्जन दत्त भट्टले ताउनु भयो । 

जिल्लाका बस ब्यवसायी समिती र जिप ब्यवसायी समिती संग समन्वय गरि यो अभियानको थालनी गरिएको हो । “जिल्ला बाट बाहिरीने र भित्रीने सबै गाडीहरुमा गाडीमा जादा ध्यान दिनुपर्ने कुरा, बिदेश जादा ध्यान दिनुपर्ने कुरा लगायत विभीन्न जनचेतना मुलक सन्देशहरु प्रसारण गर्न थालीएको छ” प्रहरी नायब उपरिक्षक भट्टले भन्नुभयो “भिडीयो भएको बसमा भिडियो र अन्य गाडीहरुमा अडियो प्रसारण गर्न अनुरोध गरेका छौँ ।”  

मानव बेचबिखन न्यूनिकरण, यात्राका क्रममा  हुन सक्ने सम्भावित घट्नाहरु, यात्रुले अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिने उदेश्यले यो कार्यको थालनी गरिएको प्रहरीले जनाएको छ ।  जिल्लाका सिमा नाकाहरुमा गाडी चेकजाँच गर्ने कार्यालाई पनी कडाई गरिएको कार्यालयले जनाएको छ । यस्तै अछामका प्रमुख ब्यापारिक केन्द्र साफेबगरमा पनी आईतबार सबै बस ब्यवसायी समिती, जिप ब्यावसायी

समिती लागायत अन्य सरोकारवाला संग अन्र्तक्रिया गरि यो कार्यको थालनी गरिएको ईलाका प्रहरि कार्यालय साफेबरगका प्रमुख प्रहरी निरिक्षक महेन्द्र कलौनीले जानकारी दिनु भएको छ । कार्यक्रममा सहभागी सरोकारवालाले अछाम प्रहरीले राम्रो कामको थालनी गरेको भन्दै यस कार्यमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाएका थिए । 

यो सबैको सरोकारको विषय भएकाले यस कार्यमा आ आफ्नो क्षेत्र बाट सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय अछामले सबैलाई अनुरोध गरेको छ । गत शुक्रबार अछामका साफेबगरमा भएको सुरक्षित आप्रवासन तथा मानव बेचबिखन रोकथाम सम्बन्धीको कार्यक्रममा अछामका प्रहरी प्रमुख भट्टले जिल्लामा संञ्चालन हुने सबै गाडीहरुमा जनचेतना मुलक सन्देशहरु प्रसारण गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन