महेन्द्र केसी , पर्वत । दक्षिण भेगदेखि एउटा नागरिकता होस् या अन्य परिचय पत्र बनाउन सदरमुकाम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी , पर्वत । दक्षिण भेगदेखि एउटा नागरिकता होस् या अन्य परिचय पत्र बनाउन सदरमुकाम "/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

दक्षिणबासीलाई दैलोमै सेवा

१० माघ २०७३, सोमबार ०८:२३

महेन्द्र केसी , पर्वत । दक्षिण भेगदेखि एउटा नागरिकता होस् या अन्य परिचय पत्र बनाउन सदरमुकाम आउनको लागि ५ हजारसम्म खर्चको जोहो गरेर सदरमुकाम धाउन बाध्य दक्षिणबासीलाई महिला तथा बालबालिका कार्यालय पर्वतले दैलोमै सेवा दिएको छ ।

महिला तथा बालबालिका कार्यालय पर्वतकी प्रमुख तारादेवी सुनुवार नेतृत्वको टोलीले दक्षिण भेगमा रहेका अपाङ्गता भएका बालबालिका तथा जेष्ठ नागरिकलाई दैलोमै पुगेर सेवा प्रदान गरेको हो ।


सेताम्य फुलेकी दुई विस काटेर ओछ्यानमा रोगका कारण आधा शरिरनै चलाउने नमिल्ने भएर थला परेकी रानीपानी ३ की डिल्लीमाया बराल क्षेत्रीले ओछ्यानमै “ख” बर्गको अपाङ्गगता परिचय प्राप्त गर्दा खुसी भइन् ।


महिला तथा बालबालिका कार्यालयले दैलोमानै पुगेर अपाङ्गगता परिचय पत्र उनको हातमा थमाइ दिएपछि उनी निकै उनी निकै खुसि देखिन्थिन् । 

राज्यको सेवा लिनको लागि सदरमुकाम पुग्न नसक्ने उनलाई राज्यबाट पाउने सेवा सुविधा दैलोमानै पाउँदा निकै हर्षित मुद्रामा देख्न सकिन्थ्यो ।


घरदैलोमानै महिला तथा बालबालिका कार्यालयबाट पाउने सेवा पाएपछि उनी निकै खुसी भइन् । “यही बनाउनको लागि कुश्मा धाउनुपर्ने थियो, प्यारालाइस भएको आधा  शरिर लिएर म    कसरी कुश्मा पुग्न सक्थे र ? त्यसमाथि धेरै खर्च लाग्ने थियो तर कार्यालयले घरमानै परिचय पत्र बनाइदियो समय र खर्चको बचत भयो” उनले भनिन् ।

होश्राङ्दीमा रहेको गल्र्यामधाम माविमा रहेका छ दृष्टिविहिन मध्ये एक दृष्टिविहिनलाई समेत महिला तथा बालबालिका कार्यालय पर्वतले अपाङ्गगता परिचयपत्रको लागि आवश्यक कागजी प्रक्रिया पुरा गरेर फर्कियो ।


विद्यालयले पटकपटक दृष्टिविहिन बालबालिकाहरुलाई परिचय पत्र उपलब्ध गराउँनको लागि पहल गरेता पनि कुनै पक्षबाट चाँसो नभएको बेलामा निमित्त महिला विकास अधिकृत सुनुवार नेतृत्वको टोली विद्यालयमा पुगेर सेवा दिदाँ विद्यालयपनि निकै खुसी  देखिन्थ्यो ।


राज्यले दिएको सुविधा विद्यालयबाटनै प्राप्त गरेपछि दृष्टिविहिन भुपाल राना निकै खुसि देखिन्थे ।

महिला तथा बालबालिका कार्यालयले दुइ दिनको समय अबधिमा दक्षिण भेगको रानीपानी, बर्राचौर, होश्राङ्दी, भोक्सिङ लगायतका गाविसमा पुगेर झण्डै २ सय जनालाई सेवा दिएको छ । कार्यालयले अपाङ्गगता परिचयपत्र ३२, जेष्ठ नागरिक    परिचयपत्र १४६ र अपाङ्गगता परिचय पत्रको प्रतिलिपी ३ जनालाई दैलोमानै पुगेर वितरण गरेको    थियो ।


झण्डै दुई दिनको पैदल यात्रा गरेर सदरमुकाम आउनको लागि बाध्य दक्षिणबासीलाई दैलोमानै सेवा उपलब्ध गराउनु आफ्नो दाहित्व भएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख तारा देवी सुनुवार साझासवालसँग बताउँछिन् । 


परिचय पत्र बनाउनको लागि कार्यालयमा आउन नसक्नेहरुको लागि          राज्यबाट उपलब्ध भएको सेवा दैलोमानै पुगेर दिनु आफ्नो कर्तव्य भएको उनी ठान्छिन् ।

महिला तथा बालबालिका कार्यालय पर्वतले हालसम्म २६ सय जनालाई परिचय पत्र वितरण गरेको छ । कार्यालयले हालसम्म अपाङ्गगता परिचयपत्र २३२९ वितरण गरेको छ जसमा महिला ८९३ जना र पुरुष १४३६ ले उक्त परिचय पत्र पाएका छन् । 


त्यसैगरी ६० वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई परिचय पत्र  २७१ वितरण भएको कार्यालयले जनाएको छ । जसमा  महिला १३२ जना र पुरुष १३९ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह