२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गणेश उमाविको ५६औँ वार्षिकोत्वसव सम्पन्न

२०७३, १० माघ सोमबार १२:२०

विमल धामी/माघ १०, बेल्डाँडी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र साविक रौतेली विचवा गाविसमा रहेको जिल्लाकै पुरानो तेस्रो विद्यालय श्री गणेश उच्व माध्यमिक विद्यालय भुर्षा मोहनपुरको ५६औँ वार्षिकोत्वसव तथा अभिभावक दिवस आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

ब्यवस्थापिका सांसद सदस्य तथा क्षेत्र नं. १का माननीय दिवान सिह बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दयालु राना रहेका थिए । 

कार्यक्रममा बोल्दै विद्यालयका शिक्षकहरुले यो विद्यालयको अवस्थाका वारेमा सबैले गम्भीर हुनु पर्नेमा जोड दिएका थिए । विद्यालयका शिक्षक बमबहादुर बुढाले भने यस विद्यालयको भवन भुकम्पले चर्काको हुनाले आफुहरुले प्रहरी मुचल्का मन्त्रालय पठाउदा समेत हाम्रो विद्यालयको बारेमा केहि पहल नभएको दुःखेसो सुनाउनु भयो । उनले भवनको वारेमा सांसद विष्टलाई जानकारी गराउदै भने आदिवासी जनजातीको बाहुल्यता रहेको हुनाले बिषेश ध्यानदिईदिन अनुरोध समेत गरेका थिए । यस विद्यालयका भुतपुर्व विद्यार्थी हाल कोरियामा रहनु भएका धर्मराज जोशीले यस विद्यालयको मञ्च बनाउनमा आफुले ५० हजार विद्यालयको खातामा पठाई दिने फेसबुक बाट प्रतिवद्धता जनाएका थिए ।

उक्त कार्यक्रममा बर्ष भरिको बार्षिक प्रतिवेदन विद्यालयका प्रअ छङ्गा रानाले प्रस्तुत गरेका थिए । कार्यक्रम बिभिन्न सास्कृति कार्यक्रमका विच सम्पन्न भएको थियो । यस विद्यालयमा हाल जम्मा ६३६ विद्यार्थी रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्टले यो विद्यालयको हितका लागि आफुले पहल गर्ने बताए । उनले भने यो पालि आफुले यस विद्यालयको तारवारका लागि बजेट दिने कुरा बताए । विकासका लागि सबैले हातेमालो गर्नुमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह