१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

गणेश उमाविको ५६औँ वार्षिकोत्वसव सम्पन्न

१० माघ २०७३, सोमबार १२:२०

विमल धामी/माघ १०, बेल्डाँडी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र साविक रौतेली विचवा गाविसमा रहेको जिल्लाकै पुरानो तेस्रो विद्यालय श्री गणेश उच्व माध्यमिक विद्यालय भुर्षा मोहनपुरको ५६औँ वार्षिकोत्वसव तथा अभिभावक दिवस आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

ब्यवस्थापिका सांसद सदस्य तथा क्षेत्र नं. १का माननीय दिवान सिह बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दयालु राना रहेका थिए । 

कार्यक्रममा बोल्दै विद्यालयका शिक्षकहरुले यो विद्यालयको अवस्थाका वारेमा सबैले गम्भीर हुनु पर्नेमा जोड दिएका थिए । विद्यालयका शिक्षक बमबहादुर बुढाले भने यस विद्यालयको भवन भुकम्पले चर्काको हुनाले आफुहरुले प्रहरी मुचल्का मन्त्रालय पठाउदा समेत हाम्रो विद्यालयको बारेमा केहि पहल नभएको दुःखेसो सुनाउनु भयो । उनले भवनको वारेमा सांसद विष्टलाई जानकारी गराउदै भने आदिवासी जनजातीको बाहुल्यता रहेको हुनाले बिषेश ध्यानदिईदिन अनुरोध समेत गरेका थिए । यस विद्यालयका भुतपुर्व विद्यार्थी हाल कोरियामा रहनु भएका धर्मराज जोशीले यस विद्यालयको मञ्च बनाउनमा आफुले ५० हजार विद्यालयको खातामा पठाई दिने फेसबुक बाट प्रतिवद्धता जनाएका थिए ।

उक्त कार्यक्रममा बर्ष भरिको बार्षिक प्रतिवेदन विद्यालयका प्रअ छङ्गा रानाले प्रस्तुत गरेका थिए । कार्यक्रम बिभिन्न सास्कृति कार्यक्रमका विच सम्पन्न भएको थियो । यस विद्यालयमा हाल जम्मा ६३६ विद्यार्थी रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्टले यो विद्यालयको हितका लागि आफुले पहल गर्ने बताए । उनले भने यो पालि आफुले यस विद्यालयको तारवारका लागि बजेट दिने कुरा बताए । विकासका लागि सबैले हातेमालो गर्नुमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह