२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

महादेव खोला खानेपानी जलाशय निर्माण सुरु

२०७३, १० माघ सोमबार १२:२४

माघ १०, भक्तपुर । भक्तपुर नगरपालिकालाई पर्याप्त खानेपानी पुर्याउन नगरकोट मुहानपोखरीस्थित महादेव खोला जलाशय खानेपानी आयोजनाको निर्माण सुरु भएको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरले बहुवार्षिक कार्यक्रमअन्तर्गत रु तीन अर्बभन्दा बढीको लागतमा उक्त जलाशय बनाउन लागेको हो । खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव राजनराज पाण्डेको नेतृत्वमा खानेपानी तथा ढल निकास विभागका निमित्त महानिर्देशक सुनिल दास, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख आशिष घिमिरेलगायत विज्ञ टोलीले यस क्षेत्रको अनुगमनसमेत गरेको छ । 

जलाशय निर्माणका लागि चालु आवमा रु एक करोड ३५ लाख विनियोजन भएको छ । सो रकम थप हुन सक्ने कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो । आगामी तीन वर्षभित्र निर्माण गरिसक्ने, एक वर्ष तयारी र अर्को वर्ष वितरण गर्ने गरी आगामी पाँच वर्षभित्र थप पानी वितरण गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । 

घिमिरेले भन्नुभयो, “भक्तपुरका २० हजार घरधुरीका एक लाख जनतालाई दैनिक प्रतिव्यक्ति १०० लिटरका दरले पानी वितरण गर्ने लक्ष्य रहेको छ, योजना सम्पन्न भएपछि दैनिक एक करोड लिटर पानी वितरण गर्न सकिन्छ ।” 

भक्तपुरका साथै हाल मुहानपोखरीबाट वितरण भइरहेका नगरकोट नगरपालिकाका क्षेत्रमा थप पानी वितरण गरिने भएको छ । सो क्षेत्रमा रहेका विभिन्न मूल, वर्षात् र मुहानपोखरीको पानी सङ्कलन गरी शुद्धीकरण गरेर वितरण गर्ने योजना रहेकोे उहाँको भनाइ छ । 

अध्ययन र डिजाइन प्रतिवेदनपछि पहिलो चरणमा काठमाडाँै उपत्यका खानेपानी लिमिटेडले सञ्चालन गरेको मुहानपोखरीकै संरचना प्रयोग र पुनःनिर्माण तथा प्रशोधन केन्द्र, पाइप लाइन र मर्मत एवं पानीपोखरी थप हुँदै जानेछन् ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला