पर्वत । दक्षिण पर्वतको रानीपानीमा आगामी माघ १५ गतेदेखि २२ गतेसम्म श्रीमद भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सव हुने भएको छ । रानीपानीमा रहेको नेपाल तारा उमाविमा स्नातक तह संचालन गर्न र चलिरहेको प्राविधिक विषयला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । दक्षिण पर्वतको रानीपानीमा आगामी माघ १५ गतेदेखि २२ गतेसम्म श्रीमद भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सव हुने भएको छ । रानीपानीमा रहेको नेपाल तारा उमाविमा स्नातक तह संचालन गर्न र चलिरहेको प्राविधिक विषयला"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महायज्ञमा ७ करोड उठाउने लक्ष्य

११ माघ २०७३, मंगलवार ०५:१४


पर्वत । दक्षिण पर्वतको रानीपानीमा आगामी माघ १५ गतेदेखि २२ गतेसम्म श्रीमद भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सव हुने भएको छ । रानीपानीमा रहेको नेपाल तारा उमाविमा स्नातक तह संचालन गर्न र चलिरहेको प्राविधिक विषयलाई थप व्यवस्थीत बनाउनको लागि आयोजना  हुन लागेको महायज्ञमा ७ करोड उठाउने लक्ष्य राखिएको छ ।

सोमबार महायज्ञ मुल आयोजक समितिले कुश्मा बजारमा पत्रकार सम्मेलन गरी महायज्ञको तयारी तिब्र रुपमा पारिएको जनाएको छ ।

उच्च शिक्षा अध्यन गर्न गाउँ भन्दा बाहिर जान बाध्य विहादी क्षेत्रका विद्यार्थीलाई उच्च स्तरको शिक्षा गाउँमै दिने उद्धेश्यका साथ संचालन हुन लागेको महायज्ञबाट संकलित रकमबाट विहादी बहुमुखी क्याम्पस संचालन गर्ने मुल आयोजक समितिका अनिल प्रसाद मास्केले जानकारी दिए ।

विहादी क्षेत्रमै पहिलोपटक हुन लागिएको ज्ञान महायज्ञमा कथावाचक पण्डित दिनबन्धु पोख्रेल प्रमुख वाचकको रूपमा हुनेछन भने सहवाचकको रूपमा ध्रुवचन्द्र बस्याल रहने आयोजकले जनाएको छ ।


 क्याम्पसको संचालन गर्ने र नेपाल तारा मावि रानीपानीमा संचालित प्राविधिक शिक्षालाई देशकै उत्कृष्ट प्राविधिक शिक्षालयको रूपमा विकास गर्ने उद्देश्यले उक्त महायज्ञ संचालन गर्नको सोच बनाइएको विद्यालयका शिक्षक राजु विकले बताए ।

प्राविधिक शिक्षा मार्फत बेरोजगारी व्यक्तिलाई पनि स्वरोजगारको अवसर प्रदान गर्दै आएको नेपाल तारा माविले महायज्ञ मार्फत उठेको रकमबाट प्राविधिक शिक्षालाई व्यवस्थित गर्न सजिलो हुने अर्का नेपालतारा माविका प्राचार्य गोविन्द शर्माले बताए ।

विहादी क्षेत्रबाट देश विदेश गई विभिन्न व्यापार, व्यवसाय एवं रोजगार गरेका व्यक्तिहरुलाई बाट मोटो रकमको अपेक्षा गरिएको आयोजकले जनाएको छ । अहिलेसम्म १५ सय कलस वितरण भैसकेको र प्रति कलस ११ सय रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ । त्यस्तै मनोनित कार्यक्रम पनि भैराखेको र उत्कृष्ठ चन्दादाताको नाम शिलालेखमा राखिने समेत जनाइएको छ । मनोनित हुनेका लागि प्रतिव्यक्ति ११ हजार रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ ।

२०२८ सालमा स्थापना भएको उक्त विद्यालयमा २०६४ सालमा उच्चमावि र २०७२ सालमा प्राविधिक शिक्षालयका थप गरेको थियो । महोत्सवलाई सफल बनाउनको लागि आयोजकले जिल्लाका तीन सांसद अर्जुनप्रसाद जोशी, विकास लम्साल र कल्पना शर्मा जोशीलाई सल्लाकारका रुपमा समेत राखेको छ । महायज्ञको उद्घाटन तीनै सांसदबाट हुने समेत बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह