पर्वत । दक्षिण पर्वतको रानीपानीमा आगामी माघ १५ गतेदेखि २२ गतेसम्म श्रीमद भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सव हुने भएको छ । रानीपानीमा रहेको नेपाल तारा उमाविमा स्नातक तह संचालन गर्न र चलिरहेको प्राविधिक विषयला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । दक्षिण पर्वतको रानीपानीमा आगामी माघ १५ गतेदेखि २२ गतेसम्म श्रीमद भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सव हुने भएको छ । रानीपानीमा रहेको नेपाल तारा उमाविमा स्नातक तह संचालन गर्न र चलिरहेको प्राविधिक विषयला"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महायज्ञमा ७ करोड उठाउने लक्ष्य

२०७३, ११ माघ मंगलवार ०५:१४


पर्वत । दक्षिण पर्वतको रानीपानीमा आगामी माघ १५ गतेदेखि २२ गतेसम्म श्रीमद भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सव हुने भएको छ । रानीपानीमा रहेको नेपाल तारा उमाविमा स्नातक तह संचालन गर्न र चलिरहेको प्राविधिक विषयलाई थप व्यवस्थीत बनाउनको लागि आयोजना  हुन लागेको महायज्ञमा ७ करोड उठाउने लक्ष्य राखिएको छ ।

सोमबार महायज्ञ मुल आयोजक समितिले कुश्मा बजारमा पत्रकार सम्मेलन गरी महायज्ञको तयारी तिब्र रुपमा पारिएको जनाएको छ ।

उच्च शिक्षा अध्यन गर्न गाउँ भन्दा बाहिर जान बाध्य विहादी क्षेत्रका विद्यार्थीलाई उच्च स्तरको शिक्षा गाउँमै दिने उद्धेश्यका साथ संचालन हुन लागेको महायज्ञबाट संकलित रकमबाट विहादी बहुमुखी क्याम्पस संचालन गर्ने मुल आयोजक समितिका अनिल प्रसाद मास्केले जानकारी दिए ।

विहादी क्षेत्रमै पहिलोपटक हुन लागिएको ज्ञान महायज्ञमा कथावाचक पण्डित दिनबन्धु पोख्रेल प्रमुख वाचकको रूपमा हुनेछन भने सहवाचकको रूपमा ध्रुवचन्द्र बस्याल रहने आयोजकले जनाएको छ ।


 क्याम्पसको संचालन गर्ने र नेपाल तारा मावि रानीपानीमा संचालित प्राविधिक शिक्षालाई देशकै उत्कृष्ट प्राविधिक शिक्षालयको रूपमा विकास गर्ने उद्देश्यले उक्त महायज्ञ संचालन गर्नको सोच बनाइएको विद्यालयका शिक्षक राजु विकले बताए ।

प्राविधिक शिक्षा मार्फत बेरोजगारी व्यक्तिलाई पनि स्वरोजगारको अवसर प्रदान गर्दै आएको नेपाल तारा माविले महायज्ञ मार्फत उठेको रकमबाट प्राविधिक शिक्षालाई व्यवस्थित गर्न सजिलो हुने अर्का नेपालतारा माविका प्राचार्य गोविन्द शर्माले बताए ।

विहादी क्षेत्रबाट देश विदेश गई विभिन्न व्यापार, व्यवसाय एवं रोजगार गरेका व्यक्तिहरुलाई बाट मोटो रकमको अपेक्षा गरिएको आयोजकले जनाएको छ । अहिलेसम्म १५ सय कलस वितरण भैसकेको र प्रति कलस ११ सय रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ । त्यस्तै मनोनित कार्यक्रम पनि भैराखेको र उत्कृष्ठ चन्दादाताको नाम शिलालेखमा राखिने समेत जनाइएको छ । मनोनित हुनेका लागि प्रतिव्यक्ति ११ हजार रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ ।

२०२८ सालमा स्थापना भएको उक्त विद्यालयमा २०६४ सालमा उच्चमावि र २०७२ सालमा प्राविधिक शिक्षालयका थप गरेको थियो । महोत्सवलाई सफल बनाउनको लागि आयोजकले जिल्लाका तीन सांसद अर्जुनप्रसाद जोशी, विकास लम्साल र कल्पना शर्मा जोशीलाई सल्लाकारका रुपमा समेत राखेको छ । महायज्ञको उद्घाटन तीनै सांसदबाट हुने समेत बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह