१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा तीन वर्षमा २२ हजार धारा जडान गर्ने तयारी

११ माघ २०७३, मंगलवार ११:२२

माघ ११, सुर्खेत । सुर्खेतमा वर्षौँदेखि रहँदै आएको खानेपानीको अभावबाट नागरिक अँझै पनि मुक्त हुन सकेका छैनन् । 

धेरै ठाउँका जनताले पानीको नभई धाराको बिल तिर्नुपर्ने अवस्था छ । सुर्खेत उपत्यकामा खानेपानीको अभाव परिपुर्ति गर्न झुप्रा वृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विगत १६ वर्षदेखि काम गर्दै आएको छ । यस संस्थाका कति काम अधुरा छन् भने कति काम सम्पन्न भएपनि अँझै यहाँको पानीको अभावलाई प्रर्ति गर्न नसकिरहेको गुनाशो हुने गरेको छ । 

उपभोक्ताहरुले खानेपानीको समस्याबाट मुक्त हुन नसकेको भन्दै खानेपानीको अभाव टर्न नसक्दा पानी प्यास मेटाउन समेत कठिनाई भएको बताउने गरेका छन् । वीरेन्द्रनगर ६ का खडानन्द कँडेलले बढ्दो जनसंख्याबिचमा पनि खानेपानीको चुहावटले समस्या भएको भन्दै यसको समाधानमा सबैले ध्यान दिनुपर्ने बताए । यस्तै उत्तरगंगा ३ कोलडाँडाका कम्ब अधिकारीले खानेपानीको समस्या समाधान हुन्छ भन्ने गरेको तर कहिले समाधान हुन्छ भन्ने उपभोक्तालाई थाहा नभएको बताए । 

संस्थाका अध्यक्ष कुलमणी देवकोटाले आफुहरुले प्रयास गर्दा गर्दै पनि उपभोक्ताको मागलाई पुरा गर्न नसकेको स्वीकार गरे । उपत्यका ६२ किमी पाईपलाई बिछ्याउने काम पुरा भइसकेको र पानीको चुहावटलाई १५ प्रतिशत सम्म झार्ने, भेरी नदीको पानी लिफ्टिङ गर्ने योजना रहेको समेत उनले बताए । साथै अध्यक्ष देवकोटाले अबको तीन वर्षभित्र २२ हजार धारा जडान गरिने जानारी दिए । 

यस्तै नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद सीता नेपालीले सुर्खेतमा पानीको समस्या समाधान गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकिछन् ।

झुप्रा वृहत खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाको १६औँ वार्षिकोत्सवको अवसरमा सांसद नेपालीले पानीको अभाव पुर्ति गर्नका लागि भेरीको पानी पानी मात्रै नभई कर्णालीको पानी पनि सुर्खेत उपत्यका ल्याउन सक्ने योजना बनाउन सुझाव दिइन ।

नेपाली कांग्रेसका नगर सभापति देवकुमार सुवेदीले भेरीको पानी सुर्खेत उपत्यकामा ल्याउनका लागि जनप्रतिनिधलाई उपभोग गर्नुपर्ने बताए । उनले कुनै पार्टी अथवा व्यक्तिका बारेमा चर्चा नभएर समग्र सुर्खेतका उपभोक्तालाई कसरी खानेपानी उपलब्ध गराउने भन्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए । 

कार्यक्रममा नेकपा (एमाले) सुर्खेतका सचिव मोहन बडुवालले जनताको मागलाई निरुत्साहित गर्न जनप्रतिनिधि नै लागेको प्रति दुःख व्यक्त गर्दै बाधा अड्चनका बिचमा पनि अहिले खरीखोरा बोरीखोलाबाट पानी ल्याउने काम अन्तिम चरणमा परेको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह