चन्द्र ऐर ।माघ ११ डडेल्धुरा (चमडा) । डडेल्धुराको इलाका नम्बर नौ को मङगलबार हुने भनीएको इलाका परिषद समैजी र अजयमेरुका स्थानीयहरुले बहिष्कार गरेका छन् । गाउँपालीका अजयमेरु गाबिसमा पाएक पर्ने भएकाले अजयमेरुमा गाउँपालीको माग गर्दै परिषद बहिष्कार गरेको नेपाली काग्रेस अजयमेरु सभापती जय बहादुर ऐरले जानकारी दिनु भयो । समैजी,अजयमेरुको गाउँपालीका राज्य पुनःसंरचानामा भद्रपुर गाबिसमा राखेको छ । केही दिन अगाडी पाएक पर्ने स्थानमा गाउँपालीका नभएको भन्दै ईलाका नम्बर तिन को पनी इलाका परिषद स्थानीयहरुले बहिष्कार गरेका थियो ।