२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

मर्मत नहुँदा रोल्पामा खानेपानी समस्या

२०७३, १२ माघ बुधबार ०५:५३

माघ १२, रोल्पा । पुराना योजना मर्मत हुन नसक्दा रोल्पा जिल्लामा खानेपानीको समस्या देखिन थालेको छ । 

योजना निर्माण भएको लामो समयसम्म पनि मर्मतका लागि बजेट विनियोजन नहुँदा खानेपानी आपूर्तिमा समस्या देखिएको उपभोक्ताले गुनासो गरेका छन् । 

जलवायुमा आएको फेरबदलले पानीका स्रोत पनि सुक्दै गएका कारण समस्यामाथि समस्या थपिएको उपभोक्ताले बताएका छन् । हिउँदमा घर नजिकैबाट पानी ल्याए पनि गर्मी मौसममा भने डेढ घन्टा टाढा पुगेर पानी ल्याउने गरेको मिझिङ–५ की यामकुमारी ओलीले बताउनुभयो । 

गाईभैँसीलाई खुवाउने, शौचालयमा प्रयोग गर्ने र घरायसी प्रयोजनका लागि आवश्यक पानीको बस्दोबस्त गर्न निकै कठिन हुने गरेको ओलीले दुखेसो गर्नुभयो । खानेपानीको मर्मतसम्भार हुन नसक्दा पानी आपूर्तिमा निकै कठिनाइ भएको मिझिङ–५ कै मनप्रसाद रानामगरले बताउनुभयो । आठ–दश घरका लागि एउटा सार्वजनिक धाराको व्यवस्था गरिएका कारण एक गाग्री पानी भर्न घन्टौं लाग्ने गरेको रानाले बताउनुभयो । 

विसं २०४२ सम्मका पुराना योजना जिल्लामा रहे पनि बजेट अभावले ती योजना मर्मत गर्न नसकिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाले बताएको छ । 

मर्मतका लागि उपभोक्ताबाट थुप्रै माग आए पनि बजेट अभावले माग पूरा गर्न नसकिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाका वास फोकल पर्सन डिल्लीराज न्यौपानेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा