नरजन तामाङ/माघ १२, सुर्खेत । एसओएस हर्मन माइनर विद्यालय कालागाउँको २८ औं अभिभावक दिवस तथा स्थापना दिवस मनाएको छ । 

मंगलबार एक कार्यक्रमकाबीच विद्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरजन तामाङ/माघ १२, सुर्खेत । एसओएस हर्मन माइनर विद्यालय कालागाउँको २८ औं अभिभावक दिवस तथा स्थापना दिवस मनाएको छ । 

मंगलबार एक कार्यक्रमकाबीच विद्य"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एसओएसले मनायो स्थापना दिवस

१२ माघ २०७३, बुधबार ०७:२४

नरजन तामाङ/माघ १२, सुर्खेत । एसओएस हर्मन माइनर विद्यालय कालागाउँको २८ औं अभिभावक दिवस तथा स्थापना दिवस मनाएको छ । 

मंगलबार एक कार्यक्रमकाबीच विद्यालयले आफ्नो स्थापना दिवस मनाएको हो । दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा मार्चपास, पिटि नाच, तेक्वान्तो र उसुको प्रदर्शन समेत गरिएको थियो । विभिन्न साँस्कृतिक प्रस्तुतिका साथ भएको कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्राध्यानाध्यापक हिक्मत बहादुर वलीले प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा उत्कृष्ठ सदन, उत्कृष्ट खेलाडी, उत्कृष्ठ शिक्षक, उत्कृष्ठ अभिभावकहरुलाई सम्मान गरिएको थियो ।

विभिन्न खेलकुद प्रतियोगितामा विजेता खेलाडिहरुलाई पुरस्कार तथा कप प्रदान गरिएको थियो । एसओएस बालग्रामका निमित्त निर्देशक सुशिलमणी ज्ञावलीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक धर्मजित शाहीले विद्यालयले जिल्लामा उच्च आदर्श विद्यालयका रुपमा चिनिएको भन्दै विद्यालयका गतिविधिहरुलाई अन्य विद्यालयमा समेत संचालन गर्नुपर्ने बताए । 

उनले बालबालिकाहरुको इच्क्षा अनुसारको वातावरण सिर्जना गर्न अभिभावकहरुले पहल गर्नुपर्ने बताए । कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय शैक्षिक तालिम केन्द्र सुर्खेतका बरिष्ट प्रशिक्षक दीपा हमाल, सुर्खेत क्याम्पस (शिक्षा)का प्रमुख टंकप्रसाद आचार्य, राष्ट्रिय सहकारी बैंकका संचाल हरिहरनाथ योगी, समाजसेवी भद्र भण्डारी, सैनिक विद्यालयका स्थिर बहादुर थापा, विद्यालय निरीक्षक उत्तम आचार्य लगायतको सहभागिता रहेको विद्यालयका शिक्षक महेन्द्र चन्दले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह