२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सामाजिक कार्यमा अग्रसर हुदै सरल नमुना सहकारी

२०७३, १२ माघ बुधबार ११:५०

कमल सुबेदी/माघ १२, पोखरा । पोखराको चिप्लेढुंगामा रहेको सरल नमुना बचत तथा ऋण  सहकारीले एच आइ भि संक्रमित बालबालिकाको लागि एक कार्यक्रमको आयोजना गरि नगद सहयोग गरेको छ ।

सहकारीले नबौ स्थापना दिवसको अबसर  पारेर एच आइ भि संक्रमित बालबालिकाहरुलाइ अध्ययन गर्नका लागि पाच हजार पाच रुपैया  सहयोग गरेको सहकारीका अध्यक्ष दिपक बास्तोलाले जानाकारी दिए । सहकारीले पोखराको पुरन्चौरमा रहेको  आकुरा एकल तथा संक्रमित महिला समुहकी अध्यक्ष लक्ष्मी अधिकारीलाई  बुधबार हस्तान्तरण गरेको हो ।  

  सहयोग रकम बुझ्दै समुहकी अध्यक्ष लक्ष्मी अधिकारीले समाजमा अझै पनि एच आइ भि संक्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेकोमा दुःख ब्यक्त गरिन । एच आइ भि संक्रमित पनि अन्य ब्यक्ति सरह काम गर्न सक्ने बताउदै उनले सहकारीले गरेको सहयोगको खुलेर प्रशंशा गरिन् । बिगतमा आफु एच आइ भि संक्रमित भएकै कारण समाजले  तिरस्कार गरेको दुखेसो पोखिन ।

आकुरा एकल तथा संक्रमित महिला समुहमा बसेर अहिले ४ संक्रमित जना बिद्यार्थीहरुले  नजिकै रहेको सरकारी  विद्यालयमा अध्ययन गरिरहेको अधिकारीले बताइन् । सरल नमुना बचत तथा ऋण  सहकारीका अध्यक्ष दिपक बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका सल्लाहकार भरत प्रसाद तिवारी,उपाध्यक्ष एंबम कार्यक्रम संयोजक राम बहादुर बुलकोटी लगायतले एच आइ भि संक्रमित लाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिए ।

कार्यक्रमको संचालन सस्थाका सचिव निर्मल बास्तोलाले गरेका थिए । सहकारीले स्थापना दिबसको अबसर पारेर मंगलबार रक्तदान गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह