नवलपरासीमा लाग्ने त्रिवेणी धाम मेलाको तयारि तिब्र

Posted on: 25 Jan, 2017


माघ १२, नवलपरासी । एतिहासिक धार्मिक स्थल त्रिवेणीमा माघे औसिको अवसरमा लाग्ने त्रिवेणी धाम मेलाको पुर्ण रूपमा तयारी भएको आयोजकले जनाएको छ । 

बिगत बर्ष देखि लाग्दै आएको त्रिवेणी धाम मेला यस बर्ष पनि माघको १४ गते बाट सुरु हुने भएको छ । माघे औषीको अवसरमा त्रिवेणी को नारायणी नदिमा स्नान गर्दा विभिन्न प्रकारको रोगहरु निको हुने र आफुले मनमा चिताएको कुराहरू पनि पूरा हुने आस्था रहेको पाइन्छ । साथै  मेलामा  दर्शकहरुको निकै भिडभाड रहने आयोजकले अनुमान गरेको छ । 

मेलामा ५ लाख दर्शकहरुको अनुमान गरि सुरक्षाका लागि नेपाल प्रहरीको २०० जना,सशस्त्र प्रहरी बलको ९४ जना,ट्राफिक ४० जना र स्थानीय स्वमसेक ७० जनाहरु गरि कुल ४०४ जना सुरक्षाका लागि खटाइने माघे मेला ब्यवस्थापन समिति त्रिवेणीका अध्यक्ष एवम त्रिवेणी सुस्ता गाबिस सचिव बेल प्रसाद भण्डारीले बताउनु भयो । 

त्यसै गरि रक्षा, खानेपानी, सरफाई, प्रचारप्रसार, आदि गरि ११ वटा विभिन्न उपसमिति गठन गरिएको छ । मेलामा ११ वटा सार्बजनिक शौचालय निमार्ण गरिएको आयोजकले बताएको छ । मेलामा दर्शकहरुको मध्यनजर गरि निशुल्क स्वास्थय शिविर सन्चालन गरिने   र १ वटा ऐम्बुलेन्स पनि परिचालन गरिने  र साथै बिधुत र संचारको पनि राम्रो ब्यवस्था गरिएको मेला ब्यवस्थापन समितिका अध्यक्ष एवम गाबिस सचिव भणडारीले जानकारी दिनु भएको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!