२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

साढे १ लाख रुपैयासहित १० जुवाडे घोडाघोडीबाट पक्राउ

१२ माघ २०७३, बुधबार १५:५३

दिनेश ठकुल्ला/माघ १२, धनगढी । जिल्ला प्रहरी कार्यालयले कैलालीको घोडाघोडी नगरपालिका–८ दिपनगरबाट नगद एक लाख ४५ हजार ३१५ रुपैया सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । 

स्थानीय लालबहादुर थापाको घरको माथिल्लो तल्लामा तास खेली रहेको अवस्थामा प्रहरी उपरीक्षक अर्जुन चन्दको कमाण्डमा खटेको टोलीले जुवाडेहरुलाई मंगलवारराति पक्राउ गरेको हो । प्रहरीले जुवाडेहरुले हाडजितका लागि जुवामा राखेको पैसा, ९ थान तास, ओछ्यान, कम्बल थान एक जफत गरेको छ । 

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–५ का राजेश थापा, कर्णबहादुर रिजाल, मिना केसी थापा, विष्णु शाही, लालबहादुर थापा, डिल्लीराज जोशी, कोटातुल्सीपुरका मोतीराम डङगौरा नाम गरेका दुई जना, लम्की चुहा नगरपालिकाका दिपक शाही र सञ्जय ओली रहेका छन् । 

पक्राउ परेकाहरु विरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालतमा म्याद थप गरेर थप सोधपुछ गरिरहेको प्रहरीले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान