माघ १२, सल्यान । माघ ६ मा आत्महत्या गरिएकी सल्यान श्रीनगरकी सपना रावतको विषयमा आज भएको छलफल निश्कर्षमा पुग्न सकेको छैन । 

आज पिडित पक्ष र श्रीनगरम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १२, सल्यान । माघ ६ मा आत्महत्या गरिएकी सल्यान श्रीनगरकी सपना रावतको विषयमा आज भएको छलफल निश्कर्षमा पुग्न सकेको छैन । 

आज पिडित पक्ष र श्रीनगरम"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सपना रावतको विषयमा भएको छलफल निष्कर्षबिहिन, २ विद्यार्थी नेतालाई प्रहरीले पक्र्यो

१२ माघ २०७३, बुधबार १६:०१

माघ १२, सल्यान । माघ ६ मा आत्महत्या गरिएकी सल्यान श्रीनगरकी सपना रावतको विषयमा आज भएको छलफल निश्कर्षमा पुग्न सकेको छैन । 

आज पिडित पक्ष र श्रीनगरमा भएका लघुवित्त अनी स्थानिय प्रशासनका विचमा भएको छलफल निश्कर्षमा पुग्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धर्म बहादुर केसीले जानकारी दिएका छन ।

आत्महत्या हुनको कारण सपनाकी आमाले लिएको ऋण भएको र ऋण असुल गर्ने नाममा लघुवित्तहरुले मर्न बाध्य पारिएको भन्दै मृतकका आफन्तले ऋण मिनाहको माग गरे पछि लघुवित्तहरुले सबै ऋण मिनाह हुन नसक्ने बताएका छन । दुवैपक्षविच कुरा मिल्न नसकेपछी कुनै निश्कर्षमा नै नपुगी आजको सबै पक्षिय बैठक स्थगित भएको छ ।

बरु आत्महत्या हैन हत्या भएको भन्दै छलफल भएको स्थान श्रीनगर इलाका प्रहरी कार्यालयमा गएका विद्यार्थी संगठनका २ नेतालाई प्रहरीले पक्रेको छ ।

विप्लव नेतृत्वको माओवादी निकट अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य कमल वली र जिल्ला संयोजक भुम प्रकाश भण्डारीले प्रहरीले नियन्त्रणमा लिएको हो । सहकर्मी हत्याको विरोध भन्दै सपनासंग अध्ययनरत विद्यार्थी सहित धर्नामा संलग्न संगठनका २ नेतालाई प्रहरीले धरपटक गर्दै पक्राउ गरेको घोर विरोध गर्दछौ भन्दै अखिल क्रान्तिकारी राप्ती व्यूरोले विज्ञप्ती निकालेको छ ।   

संगठनका राप्ती व्यूरो संयोजक नरेन्द्र वि.क.ले हस्ताक्षर गरेको विज्ञप्तीमा नागरीकको बोल्न पाउने अधिकारको ख्याल नगरी मुस्कार सहितको प्रहरी सेवा गलत ढंका भएको भन्दै विद्यार्थी नेताको रिहाको माग गरिएको छ ।

नछाडिए आफुहरुले आन्दोलनको आधिवेहरी ल्याउने विज्ञप्तीमा भनिएको छ । क्रान्तिकारीले माघ ९ मा घटनाका दोशीको कार्वाहीको माग गर्दै श्रीनगरका विद्यालयका विद्यार्थीलाई सडकमा उतारेको थियो ।

त्यस्तै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पनि देशमा गणतन्त्र स्थापना भैसकेको अवस्थामा पिडितको पक्षमा आवाज उठाउदा गिरप्तार गर्नुले लोकतन्त्रको खिल्ली उडाएको भन्दै अभिव्यक्ती स्वतन्त्रताको अपमान गरिएको भन्दै पक्राउ गर्नु  घोर भत्र्सना गरेको जनाएको छ ।

 विज्ञप्तीमा पक्राउ परेका दुवैलाई २४ घण्टामा छाड्न माग गर्दै दोषी वित्तीय संस्थालाई कार्वाही गरी पिडितलाई क्षतिपुर्ती र मृतकको नाममा अक्षयकोषको खडा गर्न माग गरिएको छ । नत्र आफुहरुले कडा आन्दोलनका कार्यक्रम सृजना गर्ने र आन्दोलनबाट उत्पन्न हुने परिणामको जिम्मेवार सम्बन्धित निकाय हुनुपर्ने पनि विज्ञप्तीमा भनिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धर्म बहादुर के.सी.ले घटनामा छलफलका क्रममा हातपातको प्रयास भएको भन्दै शान्ती स्थापनाका लागि प्रहरीले यस्तो कदम चालेको बताएका छन । दवावका लागि शान्तीपुर्ण धर्ना, कोणसभा आफुले गर्न दिएको भएतापनि  छलफललाइ नै तरंगित पार्नेगरि आएका कारण गिरप्तार गरिएको उनको भनाई थियो ।

साथै आजको छलफल निश्कर्षमा पुग्न नसकेपनि माथिल्लो तहमा प्रमुख जिल्ला अधिकारी, जिल्लाका राजनीतिक दल र सरोकारवालाहरु विच फेरी छलफल हुने उनले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह