माघ १२, सल्यान । माघ ६ मा आत्महत्या गरिएकी सल्यान श्रीनगरकी सपना रावतको विषयमा आज भएको छलफल निश्कर्षमा पुग्न सकेको छैन । 

आज पिडित पक्ष र श्रीनगरम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १२, सल्यान । माघ ६ मा आत्महत्या गरिएकी सल्यान श्रीनगरकी सपना रावतको विषयमा आज भएको छलफल निश्कर्षमा पुग्न सकेको छैन । 

आज पिडित पक्ष र श्रीनगरम"/>

2026-07-11 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सपना रावतको विषयमा भएको छलफल निष्कर्षबिहिन, २ विद्यार्थी नेतालाई प्रहरीले पक्र्यो

2017-01-25

माघ १२, सल्यान । माघ ६ मा आत्महत्या गरिएकी सल्यान श्रीनगरकी सपना रावतको विषयमा आज भएको छलफल निश्कर्षमा पुग्न सकेको छैन । 

आज पिडित पक्ष र श्रीनगरमा भएका लघुवित्त अनी स्थानिय प्रशासनका विचमा भएको छलफल निश्कर्षमा पुग्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धर्म बहादुर केसीले जानकारी दिएका छन ।

आत्महत्या हुनको कारण सपनाकी आमाले लिएको ऋण भएको र ऋण असुल गर्ने नाममा लघुवित्तहरुले मर्न बाध्य पारिएको भन्दै मृतकका आफन्तले ऋण मिनाहको माग गरे पछि लघुवित्तहरुले सबै ऋण मिनाह हुन नसक्ने बताएका छन । दुवैपक्षविच कुरा मिल्न नसकेपछी कुनै निश्कर्षमा नै नपुगी आजको सबै पक्षिय बैठक स्थगित भएको छ ।

बरु आत्महत्या हैन हत्या भएको भन्दै छलफल भएको स्थान श्रीनगर इलाका प्रहरी कार्यालयमा गएका विद्यार्थी संगठनका २ नेतालाई प्रहरीले पक्रेको छ ।

विप्लव नेतृत्वको माओवादी निकट अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य कमल वली र जिल्ला संयोजक भुम प्रकाश भण्डारीले प्रहरीले नियन्त्रणमा लिएको हो । सहकर्मी हत्याको विरोध भन्दै सपनासंग अध्ययनरत विद्यार्थी सहित धर्नामा संलग्न संगठनका २ नेतालाई प्रहरीले धरपटक गर्दै पक्राउ गरेको घोर विरोध गर्दछौ भन्दै अखिल क्रान्तिकारी राप्ती व्यूरोले विज्ञप्ती निकालेको छ ।   

संगठनका राप्ती व्यूरो संयोजक नरेन्द्र वि.क.ले हस्ताक्षर गरेको विज्ञप्तीमा नागरीकको बोल्न पाउने अधिकारको ख्याल नगरी मुस्कार सहितको प्रहरी सेवा गलत ढंका भएको भन्दै विद्यार्थी नेताको रिहाको माग गरिएको छ ।

नछाडिए आफुहरुले आन्दोलनको आधिवेहरी ल्याउने विज्ञप्तीमा भनिएको छ । क्रान्तिकारीले माघ ९ मा घटनाका दोशीको कार्वाहीको माग गर्दै श्रीनगरका विद्यालयका विद्यार्थीलाई सडकमा उतारेको थियो ।

त्यस्तै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पनि देशमा गणतन्त्र स्थापना भैसकेको अवस्थामा पिडितको पक्षमा आवाज उठाउदा गिरप्तार गर्नुले लोकतन्त्रको खिल्ली उडाएको भन्दै अभिव्यक्ती स्वतन्त्रताको अपमान गरिएको भन्दै पक्राउ गर्नु  घोर भत्र्सना गरेको जनाएको छ ।

 विज्ञप्तीमा पक्राउ परेका दुवैलाई २४ घण्टामा छाड्न माग गर्दै दोषी वित्तीय संस्थालाई कार्वाही गरी पिडितलाई क्षतिपुर्ती र मृतकको नाममा अक्षयकोषको खडा गर्न माग गरिएको छ । नत्र आफुहरुले कडा आन्दोलनका कार्यक्रम सृजना गर्ने र आन्दोलनबाट उत्पन्न हुने परिणामको जिम्मेवार सम्बन्धित निकाय हुनुपर्ने पनि विज्ञप्तीमा भनिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धर्म बहादुर के.सी.ले घटनामा छलफलका क्रममा हातपातको प्रयास भएको भन्दै शान्ती स्थापनाका लागि प्रहरीले यस्तो कदम चालेको बताएका छन । दवावका लागि शान्तीपुर्ण धर्ना, कोणसभा आफुले गर्न दिएको भएतापनि  छलफललाइ नै तरंगित पार्नेगरि आएका कारण गिरप्तार गरिएको उनको भनाई थियो ।

साथै आजको छलफल निश्कर्षमा पुग्न नसकेपनि माथिल्लो तहमा प्रमुख जिल्ला अधिकारी, जिल्लाका राजनीतिक दल र सरोकारवालाहरु विच फेरी छलफल हुने उनले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस