२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

राणाकालमा स्थापना भएको बैतडीको एक विद्यालयमा पठनपाठनमा समस्या

२०७३, १३ माघ बिहीबार ०८:५९

माघ १३, बैतडी । राणाकालमा स्थापना भएको बैतडीको दुर्गम तल्लोस्वराड स्थित मणिलेक माविमा विद्यार्थीका लागि कक्षाकोठा अभाव हुँदा पठनपाठनमा समस्या भएको छ।

विसं २००४ मा स्थापना भएको उक्त विद्यालयमा हाल विद्यार्थीको चाप बढेकाले यस्तो समस्या आएको हो । 

करिब १८० विद्यार्थी एउटै कोठामा बसेर पढ्नुपर्ने बाध्यता रहेको कक्षा ११ मा अध्ययनरत छात्रा सरस्वती पोखरेलले बताइन्। 'एउटै कोठामा विद्यार्थीको चाप अत्यधिक भएकाले पछाडि बस्नेले पढाएको नसुन्ने खाली हल्ला मात्रै हुन्छ' उनले भनिन् 'कोही झ्यालमा बस्छौं, पछाडिका भने डेस्कमा बस्छौं।

छात्रा पोखरेलले भनिन् 'ठूलो कोठामा पढाइ हुने भएकाले आवाज थर्किएर आउने हुँदा बुझिदैन।'

कक्षा ६ देखि नै विद्यार्थीको चाप बढी भए पनि विशेष गरी कक्षा ११ र १२ का विद्यार्थीलाई पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले जानकारी दिए।

कक्षा ६ देखि १० सम्म दुई/दुई समूह बनाई पठनपाठन भइरहेको छ, कक्षा ११ र १२ मा दुई/दुई समूह बनाउन कक्षाकोठाको अभाव छ । हाल कक्षा ११ र १२ मा गरी २५० विद्यार्थी छन् प्रधानाध्यापक कलौनीले भने 'जिल्ला शिक्षा कार्यालयमा पटकपटक भवनका लागि माग गरेपनि कुनै चासो देखाएन।'

विद्यालयसँग आर्थिक अभाव हुँदा भवन निर्माण गर्न नसकिएको बताउँदै उनले भने '१५० विद्यार्थीलाई एउटै कोठामा पठनपाठन गराउँदा समस्या हुने गरेको छ।'

मेलौली गाविससँग आर्थिक सहयोग मागेकामा छिट्टै टिनको टहरा बनाएर पठनपाठन गराउने तयारी भइरहेको प्रधानाध्यापक कलौनीले जानकारी दिए। कक्षा १० मा गत सालदेखि अक्षराङ्क प्रणालीबाट परीक्षाफल प्रकाशित गरेसँगै कक्षा ११ मा विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको हो।

विसं २००४ मा स्थापना भएको उक्त विद्यालयमा विसं २०५१ देखि कक्षा १२ सम्मको पढाइ हुँदै आइरहेको छ। हाल उक्त विद्यालयमा मेलौली, विशालपुर, शिवनाथ र महारुद्र गाविसका एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ।

तल्लोस्वराडको मुख्य केन्द्रको रुपमा सो विद्यालयमा कक्षा ११ मा विज्ञान सङ्कायका साथै प्राविधिक शिक्षातर्फ सिभिल इन्जिनियरिङको समेत पढाइ हुने गरेको छ ।

विज्ञान सङ्काय तथा सिभिल इन्जिनियरिङका लागी बैतडीलगायत जिल्ला बाहिरबाट समेत अध्ययनका लागि आउने गरेकाले कक्षाकोठाको अभाव हुँदै आउँदा समस्या भएको हो ।

सामुदायिक विद्यालयमा विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा पुगिरहेका बेला मणिलेक माविमा विद्यार्थीको चाप बढी रहेर पठनपाठनमा समस्या आउँदा समेत जिल्ला शिक्षा कार्यालयले कुनै चासो नदिएको विद्यालयको गुनासो छ।

जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले भने 'मणिलेकमा भवन निर्माण हुनु आवश्यक भएकाले आगामी वर्ष ब्लक उपलब्ध गराइने छ ।' रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह