१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

राणाकालमा स्थापना भएको बैतडीको एक विद्यालयमा पठनपाठनमा समस्या

१३ माघ २०७३, बिहीबार ०८:५९

माघ १३, बैतडी । राणाकालमा स्थापना भएको बैतडीको दुर्गम तल्लोस्वराड स्थित मणिलेक माविमा विद्यार्थीका लागि कक्षाकोठा अभाव हुँदा पठनपाठनमा समस्या भएको छ।

विसं २००४ मा स्थापना भएको उक्त विद्यालयमा हाल विद्यार्थीको चाप बढेकाले यस्तो समस्या आएको हो । 

करिब १८० विद्यार्थी एउटै कोठामा बसेर पढ्नुपर्ने बाध्यता रहेको कक्षा ११ मा अध्ययनरत छात्रा सरस्वती पोखरेलले बताइन्। 'एउटै कोठामा विद्यार्थीको चाप अत्यधिक भएकाले पछाडि बस्नेले पढाएको नसुन्ने खाली हल्ला मात्रै हुन्छ' उनले भनिन् 'कोही झ्यालमा बस्छौं, पछाडिका भने डेस्कमा बस्छौं।

छात्रा पोखरेलले भनिन् 'ठूलो कोठामा पढाइ हुने भएकाले आवाज थर्किएर आउने हुँदा बुझिदैन।'

कक्षा ६ देखि नै विद्यार्थीको चाप बढी भए पनि विशेष गरी कक्षा ११ र १२ का विद्यार्थीलाई पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले जानकारी दिए।

कक्षा ६ देखि १० सम्म दुई/दुई समूह बनाई पठनपाठन भइरहेको छ, कक्षा ११ र १२ मा दुई/दुई समूह बनाउन कक्षाकोठाको अभाव छ । हाल कक्षा ११ र १२ मा गरी २५० विद्यार्थी छन् प्रधानाध्यापक कलौनीले भने 'जिल्ला शिक्षा कार्यालयमा पटकपटक भवनका लागि माग गरेपनि कुनै चासो देखाएन।'

विद्यालयसँग आर्थिक अभाव हुँदा भवन निर्माण गर्न नसकिएको बताउँदै उनले भने '१५० विद्यार्थीलाई एउटै कोठामा पठनपाठन गराउँदा समस्या हुने गरेको छ।'

मेलौली गाविससँग आर्थिक सहयोग मागेकामा छिट्टै टिनको टहरा बनाएर पठनपाठन गराउने तयारी भइरहेको प्रधानाध्यापक कलौनीले जानकारी दिए। कक्षा १० मा गत सालदेखि अक्षराङ्क प्रणालीबाट परीक्षाफल प्रकाशित गरेसँगै कक्षा ११ मा विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको हो।

विसं २००४ मा स्थापना भएको उक्त विद्यालयमा विसं २०५१ देखि कक्षा १२ सम्मको पढाइ हुँदै आइरहेको छ। हाल उक्त विद्यालयमा मेलौली, विशालपुर, शिवनाथ र महारुद्र गाविसका एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ।

तल्लोस्वराडको मुख्य केन्द्रको रुपमा सो विद्यालयमा कक्षा ११ मा विज्ञान सङ्कायका साथै प्राविधिक शिक्षातर्फ सिभिल इन्जिनियरिङको समेत पढाइ हुने गरेको छ ।

विज्ञान सङ्काय तथा सिभिल इन्जिनियरिङका लागी बैतडीलगायत जिल्ला बाहिरबाट समेत अध्ययनका लागि आउने गरेकाले कक्षाकोठाको अभाव हुँदै आउँदा समस्या भएको हो ।

सामुदायिक विद्यालयमा विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा पुगिरहेका बेला मणिलेक माविमा विद्यार्थीको चाप बढी रहेर पठनपाठनमा समस्या आउँदा समेत जिल्ला शिक्षा कार्यालयले कुनै चासो नदिएको विद्यालयको गुनासो छ।

जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले भने 'मणिलेकमा भवन निर्माण हुनु आवश्यक भएकाले आगामी वर्ष ब्लक उपलब्ध गराइने छ ।' रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह