सागर शर्मा/माघ १४, प्युठान । भष्टाचार नियन्त्रण र सुशासन कायम गर्नको लागी सेवा प्रदायक र सेवाग्राही चनाखो भई लाग्नुपर्ने खंलगामा आयोजित एक कार्यक्रमका सहभागीले बता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/माघ १४, प्युठान । भष्टाचार नियन्त्रण र सुशासन कायम गर्नको लागी सेवा प्रदायक र सेवाग्राही चनाखो भई लाग्नुपर्ने खंलगामा आयोजित एक कार्यक्रमका सहभागीले बता"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

सुशासन कायम गर्न सेवाग्राही चनाखो हुनुपर्ने

२०७३, १४ माघ शुक्रबार ०३:३४

सागर शर्मा/माघ १४, प्युठान । भष्टाचार नियन्त्रण र सुशासन कायम गर्नको लागी सेवा प्रदायक र सेवाग्राही चनाखो भई लाग्नुपर्ने खंलगामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन । 

बिहिबार सदरमुकाम खंलगामा सम्पन्न एक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले भष्टाचार नियन्त्रण नभए सम्म सुशासन कायम नहुने भएकाले  सुशासन कायम गर्नको लागी सेवाग्राही चनाखो हुनुपर्ने कुरा बताएका हुन ।  

सदाचार, निष्पक्षता, निर्भिकता हाम्रो चाहना, स्वच्छ पारदर्शी जिम्मेवार र भष्टाचार मुक्त राज्य संगठनको स्थापना भन्ने मुल नारा सहित भ्रष्टाचार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुर बाँकेको आयोजनामा सम्पन्न कार्यक्रममा उपस्थीत सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन ।  

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरका कार्यालय प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायत ले भष्टाचार के हो ? नेपालमा भष्टाचारको अवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले हाल सम्म सम्पादन गरेका कार्यहरु,  भष्टाचार निवारणका लागी कार्यालय, संघसंस्था, पत्रकार, नागरिक समाज ले खेल्नुपर्ने भुमिका र भष्टाचारका विषयमा उठेका जिज्ञासा माथी प्रस्तुतीकरण सहित प्युठानमा भष्टाचार सम्बन्धीका उजुरीहरु नआएको भएता पनि भष्टाचार हुदै नभएको भन्न नसकिने कुरा बताउनुभएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरका कार्यालय प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको प्रमुख आथिथ्यता र स्थानिय विकास अधिकारी इन्द्र प्रसाद वस्यालको विशेष आथिथ्यतामा सम्पन्न कार्यक्रममा नागरिक समाज, कार्यालय प्रमुख, कानुन व्यासायी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीको तर्फबाट उठेका जिज्ञासाहरुलाई प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरका कार्यालय प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायत ले  सम्बोधन गर्नुभएको थियो । उक्त कार्यक्रमको समन्वय जिल्ला प्रशासन कार्यालय प्युठानले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह