र्वत । जिल्लाको पर्यटकीय क्षेत्र तथा पछिल्लो समयमा होमस्टेको गाउँका रुपमा चिनिएको चित्रेमा गरिब तथा व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... र्वत । जिल्लाको पर्यटकीय क्षेत्र तथा पछिल्लो समयमा होमस्टेको गाउँका रुपमा चिनिएको चित्रेमा गरिब तथा व"/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

होमस्टे गाउँका महिलालाई तीन दिने बाख्रापालन तालिम

१४ माघ २०७३, शुक्रबार ०५:०५

र्वत । जिल्लाको पर्यटकीय क्षेत्र तथा पछिल्लो समयमा होमस्टेको गाउँका रुपमा चिनिएको चित्रेमा गरिब तथा विभिन्न महिलाहरुलाई लक्षित गरी शीप तथा व्यवसायिक तालिम शुरु भएको छ । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना र जिल्ला पशु सेवा कार्यालय पर्वतको  प्राविधिक सहयोगमा तीन दिने बाख्रापालन सम्बन्धी गाउँ स्तरीय तालिम शुरु भएको हो । 

महिलाहरुलाई आर्थिक आयआर्जनमा सबल बनाउनको लागि उक्त कार्यक्रमको आयोजना गरिएको महिला तथा बालबिालका कार्यालय पर्वतकी प्रंमुख तारादेवि सुनुवारले बताइन । उनले गरिब तथा विपन्न परिवारका महिलाहरुलाई लक्षित गरी बाख्रापालन सम्बन्धी तालिम दिनु र उनीहरुलाई आर्थिक रुपमा सबल बनाउनुनै  कार्यक्रमको उदेश्य रहेको बताईन । 

उनले कार्यक्रममा सहभागी महिलाहरुलाई बाख्रापालन अभ्यासका लागि प्रति सहभागी तीन हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने जानकारी गराईन् । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि र आयआर्यन बृद्धि गराउनको लागि बाख्रापालन सम्बन्धी तालिमको आयोजना गरिएको र सोही अभ्यासका लागि उक्त रकम सहयोग गर्ने भन्दै सुनुवारले उक्त रकममो दुरुपयोग नगर्नको लागि आग्रह गरिन् । 

कार्यक्रममा महिला मानवअधिकारीकर्मी सरस्वती शर्मा जिज्ञासुले महिलाहरुलाई यस्तै तालिम र गोष्ठिबाटनै अगाडि बढ्न र आयआर्जन गर्नको लागि मद्दत पुग्ने बताइन । उनले महिलाहरु भान्छामा मात्रै समिति नभई अब नेतृत्व लिने सक्ने हुनुपर्ने भन्दै त्यसको लागि पनि एक हुन आग्रह गरिन् । 

महिला विकास कार्यक्रम र उदेश्यका साथै महिला विकासका कार्यक्रमको संरचनाका बारेमा महिला तथा बालबालिका कार्यालय प्रमुख तारा सुनुवार र पशुको रोग र उपचारका साथै समधानको बारेमा जिल्ला पशु सेवा कार्यालय पर्वतमा पशु चिकित्सक विमल प्रसदा शर्माले प्रशिक्षण दिएका थिए । 

पञ्चकोशी महिला विकास वडा समितिका गरिब तथा  विपन्न महिलाहरुलाई उक्त तालिम दिइएको हो । तालिममा २० जना महिलाहरुको सहभागीता रहेको थियो ।


महिला तथा बालबालिका कार्यालय प्रमुख सुनुवारको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत शिक्षक तथा समाजसेवी सुशिला देवी गुरुङ र संचालन  सहायक महिला विकास निरिक्षक रिता थापाले गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै