ललित बोहरा । माघ १४ डडेल्धुरा ।  डडेल्धुरा जिल्ला सदरमुकाममा अव्यवस्थीत रुपमा सञ्चालनमा रहेका मासुपसल व्यवसायीहरुलाई सम्बन्धीत स्थानीय निकायले स्वच्छ मासु बिक्री गर्न कडा निर्देशन दिएको छ । केही दिन अगाडीमात्रै ‘जिल्ला सदरमुकाममा मापदण्ड बिपरित मासुपसल सञ्चालनमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । माघ १४ डडेल्धुरा ।  डडेल्धुरा जिल्ला सदरमुकाममा अव्यवस्थीत रुपमा सञ्चालनमा रहेका मासुपसल व्यवसायीहरुलाई सम्बन्धीत स्थानीय निकायले स्वच्छ मासु बिक्री गर्न कडा निर्देशन दिएको छ । केही दिन अगाडीमात्रै ‘जिल्ला सदरमुकाममा मापदण्ड बिपरित मासुपसल सञ्चालनमा"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

मापदण्ड अनुरुप मासु बिक्रि गर्न डडेल्धुराका मासु व्यवसायीलाई कडा निर्देशन

२०७३, १४ माघ शुक्रबार ०७:३२

ललित बोहरा/माघ १४, डडेल्धुरा ।  डडेल्धुरा जिल्ला सदरमुकाममा अव्यवस्थीत रुपमा सञ्चालनमा रहेका मासुपसल व्यवसायीहरुलाई सम्बन्धीत स्थानीय निकायले स्वच्छ मासु बिक्री गर्न कडा निर्देशन दिएको छ ।

केही दिन अगाडीमात्रै ‘जिल्ला सदरमुकाममा मापदण्ड बिपरित मासुपसल सञ्चालनमा’ भन्ने समाचार रेडियो तथा पत्रपत्रिकाहरुमा आएपछि सम्बन्धित निकायको ध्यान यसतर्फ गएको हो । बिहीबार मासु व्यवसायीहरु र सरोकारवालाहरु बीच भएको अन्र्तक्रिया कार्यक्रममा यसबारे बिशेष छलफल भएको हो ।

अमरगढी नगरपालीका, जिल्ला पशु सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कार्यक्रम मार्फत ब्यबसायीहरुलाई कडा निर्देशन दिएका हुन । कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका संयोजक करुणाकर अबस्थीले धेरै पटक अनुगमन गरी अव्यवस्थीत पसल भएकाहरुलाई ब्यबस्थीत बनाउन सुझाव दिएको बताउनु भएको थियो । आगामी दिनमा हुने अनुगमनमा यस्ता अव्यवस्थीत तथा मापदण्ड बिपरीत मासु पसल सञ्चालीत भएको देखिएमा तुरुन्तै कारवाही प्रक्रिया अगाडी बढाउने उहाको भनाई छ । ‘

अनुगमनको क्रममा मैले अव्यवस्थीत मासु पसल भएकाहरुलाई पटक–पटक ब्यबस्थीत बनाउन आग्रह गरेको थिए, त्यो कार्यान्वयनमा आएन ।’ उनले भने । ‘आगामी दिनमा गरिने अनुगमनमा यस्ता अव्यवस्थीत तथा मापदण्ड बिपरीत मासु पसल सञ्चालीत भएको देखेमा सिधै कार्वाही गरिन्छ ।’

यस्तै कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय डडेल्धुराका सुचना अधिकारी खडक साहले स्वच्छ मासु बिक्री गर्ने पसलहरुलाई जिल्ला पशु सेवा कार्यालयले जुन सुकै सहयोग गर्न पनि रहेको बताउनु भयो । तर अन्र्तक्रिया कार्यक्रममा सहभागी अधिकांस मासु व्यवसायीहरुले आफुहरुले स्वच्छ र सफा मासु नै बिक्री बितरण गरीरहेको बताउदै ग्राहकहरुले फ्रिजिङ् मासु नरुचाउने बताएका थिए । जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले आयोजना गरेको कार्यक्रममा (जोनोटीक) पशुबाट मान्छेमा सर्ने रोगहरुको बारेमा समेत जानकारी गराइएको थियो ।

अन्र्तक्रिया कार्यक्रममा अमरगढी नगरपालीका कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, घरेलु कार्यालय डडेल्धुरा लगायतका प्रमुख तथा प्रतिधीनीहरु र जिल्ला सदमुकामस्थीत मासु व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह