दलसिंह गिरी/माघ १४, कालिकोट । आज विहान ४ बजे देखि निरन्तर परेको झरीसंगै बाक्लो हिमपातले सबै भन्दा बढी पशुपालक कृषकमारमा परेका छन् । 

हिजो साझ एक्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/माघ १४, कालिकोट । आज विहान ४ बजे देखि निरन्तर परेको झरीसंगै बाक्लो हिमपातले सबै भन्दा बढी पशुपालक कृषकमारमा परेका छन् । 

हिजो साझ एक्क"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा हिमपात अझै रोकीएन, चिसोका कारण पशुपालक कृषक मारमा

१४ माघ २०७३, शुक्रबार ११:२०

दलसिंह गिरी/माघ १४, कालिकोट । आज विहान ४ बजे देखि निरन्तर परेको झरीसंगै बाक्लो हिमपातले सबै भन्दा बढी पशुपालक कृषकमारमा परेका छन् । 

हिजो साझ एक्कासी भएको मौसमको बदलिसंगै आज विहानबाट लगातार परेको झरी संगैको हिमपातले कालिकोट लगायत आसपासका जिल्लाहरुका पशुपालक कृषक बढी मारमा परेका हुन ।  भेडा, बाख्रा, घोडा, भैसी, लगायतका पशुपालनको एक प्रमुख क्षेत्र मानिने कालिकोट जुम्ला बाजुरा अछाम, हुम्ला मुगु डोल्पा लगायतका क्षेत्रहरुमा बाक्लो हिमपात हुदा पशुबस्तुहरुलाई चराउन कठिनाई उत्पन्न भएको छ । 

कालिकोटमा मात्रै जिल्ला पशुसेवा कार्यालयमा दर्ता भएका करिव १५ वटा बाख्रपालन, ७ वटा भेडापालन, ११ वटा भैसीपालन र १४ वटा कुखुरापालन र एउटा बंगुर पालन फारम नै दर्ता गरी ब्यवशायिक रुपमा कृषकहरुलोगेको जिल्ला पशुसेवा कार्यालयमा प्राविधिक नेत्रबहादुर शाहीले जानकारी दिनु भएको छ ।

हाल कालिकोटमा मात्र करिव २ हजार ९ सय २५ गाई, २९ हजार २ सय २५ भैसी, ५४ हजार ३० बाख्रा, ३० हजार ७ सय ३२ भेडा, ४९ हजार ३ सय १६ कुखुरा र १ हजार ३५ घोडा खच्चड गरी करिव १ लाख ८७ हजार २ सय ७१ विभिन्न जातका पशुबस्तु रहेको प्राविधिक शाहीले बताउनु भएको छ ।  

लामो समय सम्मको झरी तथा हिमपातका कारण चिसो बढी पशुबस्तुमा नियोनिया बढ्ने भएकाले पशु कृषकहरुले आफ्नो पशुबस्तुलाई न्यातो सोतरको राम्रो ब्यवस्थापन गरी दानपानीमा बढी ध्यान दिनुपर्ने पशुसेवा कार्यालयका निमित्त पशुचिकित्सक बज्रकिशोर ठाकुरले बताउनु भएको छ ।  

यता जिल्ला कृषि विकास कार्यालयभने भने धेरै दिनको खडेरी पछि भारी झरी भएकाले खेती तथा फलफुलवाला कृषकहरु भने खुशी भएको जनाएको छ । बाक्लो झरीका कारण कृषकहरुले लगाएको हिउदेबाली गहुँ जौ, फापर जस्ताबालीहरुलाई राम्रो भएको छ भने ओखर, स्याउ लगायतका विरुवाहरु रोप्ने उपयुक्त सिजनमा झरी परेकाले कृषकहरुलाई एकदमै लाभदायक मौसम भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।

यसैगरी जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले झरी संगैको बढ्दो चिसोका कारण बालबालिका र बृद्धाबृद्धहरुलाई रुगाखोकी निमोनिया दम जस्ता रोगहरु ह्वात्ते  च्याप्ने भएकाले यसबाट बच्न न्यानो कपडा सहित तातोमा रहन सर्बसाधारणहरुलाई आग्रह समेत गरेको छ । 

यसैगरी चिसो मौसममा सुरक्षाको दृष्टिकोणलाई इंकित गर्दै जिल्ला प्रशासन कार्यालय कालिकोटले जिल्लामा ह्वात्तै बढेको चिसोमा जाड रक्सीको सेवनमा बृद्धि भै झैझगडा बढ्ने भएकाले यसमा सतर्क रहन होटल ब्यवसायी मदिरा ब्यापारी लगायत सम्पूर्ण सरोकारवा निकायहरुलाई सतर्क रहन आग्रह समेत गरेको छ । 

विद्युत प्राधिकरण शाखा कालिकोटले विद्युत आपूर्तिलाई मध्य नजर गर्दै आफ्ना ग्राहकहरुलाई अनावश्यक हिटर जस्ता विद्युतीय उपकरण प्रयोग नगर्न सूचना समेत जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै