मोहम्मद ईजहार शेष/माघ १५ , नवलपरासी ।  माघे औसिको अवसरमा एतिहासिक एवं धार्मिक पर्यटकीय स्थल नवलपरासीको त्रिवेणी धाममा लाग्ने त्रिवेणी धाम मेला आज सकिएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष/माघ १५ , नवलपरासी ।  माघे औसिको अवसरमा एतिहासिक एवं धार्मिक पर्यटकीय स्थल नवलपरासीको त्रिवेणी धाममा लाग्ने त्रिवेणी धाम मेला आज सकिएको छ ।"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा लाग्ने माघे औंसीको मेला र त्रिवेणि धामको महत्व

१५ माघ २०७३, शनिबार ०२:४०

मोहम्मद ईजहार शेष/माघ १५ , नवलपरासी ।  माघे औसिको अवसरमा एतिहासिक एवं धार्मिक पर्यटकीय स्थल नवलपरासीको त्रिवेणी धाममा लाग्ने त्रिवेणी धाम मेला आज सकिएको छ ।

सोना, नारायणी र तपसा नदीको संगमस्थलमा प्रसिद्ध त्रिवेणी धाममा  बर्षौदेखि माघि औंसिको अवसरमा विशाल धार्मिक मेला लाग्ने गरेको छ ।

त्रिवेणि गाविसको त्रिवेणिमा पर्ने त्रिवेणि धामको कालिदासले रघुवंश नाटकमा चर्चा गरेको हिमालय नजिकको त्रिवेणी धाम रहेको ग्रन्थहरुमा उल्लेख छ । यसको महिमागान वराह पुराण र स्कन्द पुराणको हिमवत्खण्डले पनि गरेका छन् । त्रिवेणी धाममा गजेन्द्रमोक्ष, भक्तेश्वर शिव मन्दिर, लक्ष्मी वेंकटेश्वर मन्दिर, नागाबाबा कुटी, राधाकृष्ण मन्दिर, कोटिहोम यज्ञशाला, संस्कृत विद्यालय र सुन्दर बगैंचाहरू छन् ।

यो स्थान प्राकृतिक रूपमा सुन्दर र धार्मिक रूपमा महत्वपूर्ण रहेकाले बाह्य तथा आन्त्रिक पर्यटनहरुको राम्रो केन्द्र बन्दै गएको छ भने माघि औंसीको अवसरमा भब्य मेला लाग्ने गरेको छ ।

मेला भर्न जादा त्रिवेणि नदिमा स्नान गर्नाले रोग ब्यधि निको हुने र चिताएको मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।

त्रिवेणि धाम मेला ब्यवस्थापन मुल समितिको आयोजनामा लाग्ने मेलामा ५ लाख भन्दा बढि दर्शनार्थिहरु दर्शन गर्ने गरेकोे समितिका अध्यक्ष एंव त्रिवेणि गाविसका सचिव बेलप्रसाद भण्डारीले बताउनु भयो ।

स्नान, पितृतर्पण, श्राद्ध, उपनयन, कर्णभेदन, अन्नप्राशन, चूडाकर्म तथा अन्य संस्कारहरू सम्पन्न गर्ने उपयुक्त स्थानका रूपमा त्रिवेणी धामलाई नै लिने गरिएको छ भने कात्तिक मेला, कुम्भ मेला, रामनवमी, व्यास पूर्णिमा, होली, छठ र बुद्ध जयन्तीका अवसरमा मेलाहरु समेत लाग्ने गरेको छ ।

भारतको बिहार राज्यको बालमीकी नगर नजिक रहेको त्रिवेणि धाम मेलामा नेपालका भन्दा भारततिरका श्रद्धालुहरूको ज्यादा घुइँचो हुने गर्दछ । स्वर्गबाट देवता र अप्सराहरूसमेत यहाँ स्नानका लागि आउने गर्दथे भन्ने जनविश्वास छ ।त्रिवेणी धामको ख्याति जनक वंशदेखि चलेको मानिन्छ । तसर्थ यस स्थानको महिमा राम–सीता तथा रामका गुरु वाल्मीकिसँग पनि गाँसिएको छ । 

नारायणी नदीको किनारमा रहेको हुनाले पनि यसको धार्मिक महत्व रहेको हो । नारायणी नदीमा शालिग्राम नदीका रूपमा रहेको कालीगण्डकी मिसिने र शालिग्राम विष्णुको प्रतिरूप मानिने हुँदा त्रिवेणी धाम वैष्णव तीर्थका रूपमा पनि प्रसिद्ध छ । नजिकै वाल्मीकि आश्रम, हरिहरक्षेत्र र देवघाट लगायतका अन्य प्रसिद्ध तीर्थहरू रहेकाले पनि त्रिवेणी धामको महत्व बढेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै