२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा खानेपानीको सङ्कट, सर्वसाधारण खोलाको फोहर पानी पिउन बाध्य

२०७३, १५ माघ शनिबार ०३:००

माघ १५, डडेल्धुरा । लामो समयदेखि आकाशको पानी पर्याप्त मात्रामा नपर्दा पानीका मूल सुक्न गई यहाँका ग्रामीण जनता खोलाको फोहर पानी पिउन बाध्य बनेका छन् । 

डडेल्धुराका विभिन्न गाउँठाउँमा असोज महिनायता पुस महिनामा हल्का वर्षा भएको भएपनि उक्त पानीले मूल नफुटेपछि समस्या उत्पन्न भएको गाउँलेको भनाइ छ । 

मष्टामडौँ–९ गौली गाउँमा एउटै धाराबाट ४१ परिवारले पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको भएपनि पानी मूलबाट नै कम आउन थालेपछि झनै समस्या भएको छ । ती परिवारले बस्ती नजिक रहेको खोलमा गएर पिउने पानी ल्याउने गरेका छन् । “पानीका लागि घन्टाँै लाममा बस्नुपर्छ घरको काम अधुरै छोडी पानीका लागि रातिदेखि नै लाममा लाग्न बाध्य छौं,” गौली गाउँकी हरिना विष्टले भन्नुभयो । 

“पहिले पानी दिनभर उपभोग गरेर पनि करेसा बारीमा सिँचाइ गर्न पुग्थ्यो हिउँदमै पानीका मूल सुकेर खानेपानी आपूर्ति गर्न धौधौ भइरहेको छ,” लामिकाडे खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनबहादुर मल्ल बताउनुभयो । 

पहाडी जिल्लामा धेरै वर्षा नभएको तीन महिनाभन्द बढी भइसकेको छ । लामो खडेरीले गर्दा महाभारत पर्वत शृङ्खलामा रहेका पानीका अधिकांश मूल सुकिसकेका छन् भने मध्य पहाडी क्षेत्रमा खानेपानीको स्रोतका रुपमा बग्ने खोला समेत सुक्न थालेको अध्यक्ष मल्लको भनाइ रहेको छ । डडेल्धुराका विभिन्न चिपुर, भद्रपुर, देवल, कोटेली, भागेश्वर मणिलेक र नगरपालिकाको विभिन्न ग्रामीण बस्तीमा पानीको सङ्कट देखिएको छ । 

“गाउँ गाउँमा खानेपानीका योजना धेरै छन् र सरकारी तथा गैरसरकारी क्षेत्रवाट बर्सेनि ठूलो रकम खानेपानी क्षेत्रमा खर्च हुन्छ तर निर्माण सम्पन्न भएका योजनामा पनि अर्को वर्ष पानी आउँदैन,” कोटेली–३ का स्थानीयबासी रुद्रप्रसाद भट्टले जानकारी गराउनुभयो । खानेपानी क्षेत्रमा काम गर्ने निकायले योजनासँगै खानेपानीका स्रोत संरक्षणका लागि समेत काम गर्नुपर्ने भट्टको सुझाव छ । 

खडेरीले गर्दा जमिनमुनि पानी ‘रिचार्ज’ हुन नसक्दा हिउँद नसकिँदै यस्तो समस्या उत्पन्न भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका कार्यक्रम संयोजक रामदत्त जोशीले बताउनुभयो । जमिनमुनि पानीको मात्रा पनि घट्दै जानु र ‘रिचार्ज’ हुने क्षमता पनि सकिँदै जानु जस्ता कारण मध्य पहाडी क्षेत्र गम्भीर समस्या उत्पन्न हुन सक्ने उहाँले आँैल्याउनुभयो । 

हिउँद नसकिँदै यस्तो सङ्कट देखिनुले खडेरी अझै बढ्ने र गर्मीयाममा खानेपानीको झन् बढी सङ्कट हुनसक्ने खानेपानी डिभिजन कार्यालय डडेल्धुराका प्रमुख सुरजकुमार कैजुले बताउनुभयो । लामो खडेरीले गर्दा मुहान र स्रोत सुकेर समस्या उत्पन्न भएको कैजु बताउनुहुन्छ । 

पानीको चक्रीय प्रणालीअनुसार हरेक पाँच वर्षमा खडेरीको मात्रा बढ्ने र पानीको समस्या उत्पन्न हुने भएकाले मूलको सरंक्षण र सम्बद्र्धन गर्न खानेपानी कार्यालय डडेल्धुराले आग्रह गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला