१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

धनकुटाको तीन औषधि पसलमा सिल

१५ माघ २०७३, शनिबार ०४:२५

माघ १५, धनकुटा । पाख्रिबास नगरपालिकामा अवैधानिक रुपमा सञ्चालनमा रहेका एक क्लिनिकसहित तीन औषधि पसलमा जिल्ला अनुगमन समिति धनकुटाले सिल लगाई बन्द गरिदिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीले शुक्रबार धनकुटाको पाख्रिबास नगरपालिका–४ बजार क्षेत्रमा रहेको रहेको पाख्रिबास पोलिक्लिनिकलाई बन्द गरिदिएको हो । 

पोलिक्लिनिकमा विभिन्न रोगका विषेशज्ञको सेवा उपलब्ध छ भनेर भ्रममा पार्ने गरिएको र अनुमति बिना भिडियो एक्सरे र प्रयोगशाला सञ्चालन गर्ने गरिएको पाइएपछि सिल लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराईले बताउनुभयो । 

यसैगरी अनुगमन टोलीले नगरक्षेत्रमा सञ्चालनमा रहेका दुई एग्रोभेटसमेत बन्द गरिदिएको छ । एग्रोभेट सञ्चालक जिल्ला पशुसेवा कार्यालय धनकुटामा कार्यरत राजकुमार राई र पाख्रिबास निवासी राम निरौलाले अनुमति नलिई औषधि पसल सञ्चालन गरेको र पसलमा अदक्ष मानिस राखी पशुपक्षीको औषधि र विषादी बेचबिखन गरेको पाइएको अनुगमन टोलीले जनाएको छ । 

पाख्रिबासकै एक किराना पसलमा मदिराजन्य र सूर्तीजन्य पदार्थ खुलेआम बेचबिखन गरेको र कतिपय म्याद नाघेका सामग्री पनि बेच्न राखेको भेटिएपछि अनुगमन टोलीले त्यसमा पनि सिल लगाई बन्द गरिदिएको छ 

अनुगमन टोलीमा उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, सुरक्षा निकाय, सम्बन्धित क्षेत्रका विज्ञ र उपभोक्ता सङ्घलगायतको प्रतिनिधि रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै