१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

एकीकृत नमुना बस्तीको निर्माणसँग मुसहर समुदायको दिनचर्या बदलियो

१५ माघ २०७३, शनिबार ०४:४३

गोपाल प्रसाद बराल, माघ १५, बर्दिवास । महोत्तरीको बर्दिवास–२ को मुसहरी टोल मनकारी मन पाएर फेरिने तरखरमा छ । तराईमा शिक्षा, स्वास्थ्य र राज्यबाट पाउनु पर्ने अन्य अवसरबाट बेखबर रहेको मुसहरी टोललाई नमुना बस्ती बनाउन झरेका हास्य कलाकार धुर्मुस–सुन्तलीको साथ पाएर यो बस्ती फेरिने तरखरमा देखिएको हो । 

गत पुस २५ गते एकीकृत नमुना मुसहर बस्ती निर्माणको काम सुरु भएसँगै यहाँ बन्दै गरेका पक्की घरसँगै मुसहरको दैनिकी पनि फेरिएको छ । प्रत्येक दिन उज्यालो हुनासाथै धुलोमा लडिबुडी गर्दै हुल बाँधेर मुसा खोज्न निस्कने मुसहर बालबालिका अब दैनिक कामको तालिका नै बनाएर पढाइका लागि विद्यालय जान थालेका छन् । मुसहरी टोलबाट पढ्न आउने बालबालिकाको सङ्ख्या ७० नाघेको सो बस्तीबाट १०० मिटरको दूरीस्थित जनता माध्यमिक विद्यालय बर्दिवासका प्रधानाध्यापक नारायण अधिकारीले जानकारी दिनुभयो । 

एकाबिहानै सामुदायिक घरमा भेला भएर पछिल्लो दिनको विद्यालयमा शिक्षकले दिएका गृहकार्यबारे आपसी छलफल गर्ने, सबै जम्मा भएर विद्यालय जाने र दैनिकीमा छुट्याइएको खेल्ने समयमा आ–आफ्नो रुचिअनुसार फुटबल, लुँडो र बुद्धिचाल खेल्ने मुसहर बालबालिकाले नयाँ बानी बसालेका छन् । बालबालिकाको दैनिकीमा आएको परिवर्तनसँगै उनीहरुका अभिभावकले पनि शौचालयमा दिसापिसाब गर्ने, दतिवनले दाँत माझ्ने र आयआर्जनका कामलाई महत्व दिन थालेका मुसहर बस्तीकै नजिकका स्थानीय सामाजिक कार्यकत्र्ता चूडामणि पौडेल बताउनुहुन्छ । 

आफ्ना हकहित र अधिकारका कुरामा पूरै बेखबर रहेर एकाबिहानैदेखि रक्सी खाएर लठ्ठिने मुसहर अब आफ्ना आवश्यकताबारे नगरपालिका कार्यालयसहितका सम्बद्ध कार्यालयलाई झक्झक्याउन थालेका छन् । धुर्मुस–सुन्तलीको सङ्गत भेट्टाएका मुसहरमध्ये धेरैजसोले रक्सी खान पिउन नै छाडेका नजिकबाट यो बस्तीलाई नियाल्दै आएका पत्रकार राजकरण महतोको भनाइ छ । 

मुसहर टोलमा एकीकृत नमुना मुसहर बस्ती निर्माणको काम थालिएयता त परियोजना स्थलमा रक्सी र सुर्तिजन्य धूमपान प्रयोग गर्नै नपाइने नियम नै बसाइएको मुसहर आफैँ बताउँछन् । “अब नमुना बस्ती बनिरहेको ठाउँमा रक्सी, बिडी, चुरोट र सुर्ति खान पाइँदैन,” बस्तीका अगुवा बिल्टु सदा मुसहरले नयाँ नियम बसाइएको जानकारी दिँदै भन्नुभयो– “हाम्रा लागि पक्की घर बनिरहेसँगै हामीले मन पनि पक्की बनाउँदै छौँ ।” 

नमुना बस्ती निर्माणको परियोजना स्थलमा मुसहरकै सहमतिमा आचारसंहिता बनाइएको छ । स–साना नानीहरु र उनीहरुका अभिभावकका लागि बनाइएको आचारसंहिताको अनुगमन अब मुसहर समुदायकै किशोर र युवाले गर्ने गरेका नमुना बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले बताउनुभयो । “खुला शौच गर्न नपाइने, परियोजनास्थलभित्र जाँडरक्सी खान नपाइने र धूमपान गर्न नपाइने नयाँ नियमको मुसहर किशोर र युवाले नै अनुगमन गर्न थालेका छन्,” परियोजना प्रबन्धक न्यौपानेले भन्नुभयो – “बस्ती निर्माणको काममा समेत मुसहर समुदायले उत्साहपूर्वक सहयोग गरिरहेका छन् ।” 

आउने नयाँ वर्ष ९१ वैशाख २०७४० का दिन बस्ती मुसहरलाई हस्तान्तरण गरिने घोषणाका साथ फाउन्डेसनले थालेको निर्माण कार्यको अहिलेसम्म २० प्रतिशत काम सम्पन्न भएको छ । बस्तीका ५० परिवार मुसहरका लागि बनाइने ५० घरमध्ये ४६ वटा घरको जग बाँध्ने काम सकिएको प्रबन्धक न्यौपानेले बताउनुभयो । सडक, बिजुली, खानेपानी र घरघरमै शौचालय सुविधासहितको निर्माणाधीन नमुना बस्तीमा ५० घरका अतिरिक्त मुसहर जातिका कुल देवता मन्दिर, बाल उद्यान र दुईवटा सार्वजनिक शौचालय पनि निर्माण हुँदैछन् । गत पुस २५ गते हास्यकलाकार मह जोडीले शिलान्यास गरेका नमुना बस्ती निर्माणमा रु चार करोड ७८ लाख खर्च लाग्ने बताइएको छ । 

बर्दिवासको मुसहर बस्तीमा बढेको शिक्षा, स्वास्थ्यबारेको सचेतनाको सकारात्मक प्रभाव जिल्लाका अन्य मुसहर बस्तीमा पनि बढेको छ । आफ्नै नाता सम्बन्धका बर्दिवासको मुसहर बस्तीमा नानी विद्यालय पढ्न जान थालेका देखेपछि छिमेकको भङ्गाहा–४ को मुसहर बस्तीका अगुवा जुगल सादा मुसहरले घरघरमै छोराछोरी विद्यालय पठाउन अभियान नै थाल्नुभएको छ । 

जिल्लाका बर्दिवास, भङ्गाहा, धर्मपुर, सिङ्ग्याही, हतिसर्वा, सोनामाई, भटौलिया, गौशाला, फुलकाहा, धमौरा, बगडा, लोहारपट्टी र खुट्टापिपराढीसहितका नपा र गाविस बस्तीमा ३३ हजार मुसहर बसोबास गर्दछन् । मुसहरको यो जनसङ्ख्याभित्र एसएलसी उत्तीर्ण गरेका भने अझै १५ जना नाघ्न नसकेका जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा नक्कली प्रहरी पक्राउ भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी ‘चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग’ अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड नेप्से परिसूचक १० अङ्कले बढ्यो कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो विश्वकपको ट्रफी नेपालमा ल्याइने ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल