माघ १५ । डडेल्धुरा । डडेल्धुरा जिल्लाको समैजी गाबिस–५ मा पर्ने सउकाणखोलामा १९ लाखको लगानिमा हालसालै निर्मित स्टिल ट्रस्ट पुलको उद्धाटन गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि पुलको स्थानिय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले उद्धाटन गर्नु भएको हो । गाँउका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १५ । डडेल्धुरा । डडेल्धुरा जिल्लाको समैजी गाबिस–५ मा पर्ने सउकाणखोलामा १९ लाखको लगानिमा हालसालै निर्मित स्टिल ट्रस्ट पुलको उद्धाटन गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि पुलको स्थानिय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले उद्धाटन गर्नु भएको हो । गाँउका"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको सउकाणखोलामा छोटो समयमै स्टिल ट्रस्ट पुल निर्माण

१५ माघ २०७३, शनिबार १५:५६

माघ १५ । डडेल्धुरा । डडेल्धुरा जिल्लाको समैजी गाबिस–५ मा पर्ने सउकाणखोलामा १९ लाखको लगानिमा हालसालै निर्मित स्टिल ट्रस्ट पुलको उद्धाटन गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि पुलको स्थानिय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले उद्धाटन गर्नु भएको हो । गाँउका नागरिकहरुलाई वारिपारि जान सजिलो होस भन्ने उद्धेश्यका साथ डडेल्धुरा जिल्लाका विभिन्न खोलाहरुमा पुल निर्माण कार्य भईरहेको भएतापनि समैजीमा पुल छिटो र प्राविधिकको डिजाईनका आधारमा निर्माण भएको भन्दै स्थानिय विकास अधिकारी पराजुलीले उपभोक्ताहरुलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको छ । यो आर्थिक वर्ष भित्र नै काम सम्पन्न हुने गरि जिल्लाका विभिन्न स्थानहरुमा अन्य ८ वटा पुलहरु निर्माण भईरहेको भएतापनि समैजी गाबिसमा पर्ने सौकाण पुल निर्माण समितीले भने चाँडै पुल बनाई नमूना कार्य गरेको भन्दै स्थानिय विकास अधिकारी पुलको निरिक्षण अवलोकन पश्चात पुलको उद्धाटन गर्नु भएको जिल्ला प्राविधिक कार्यालयका सहायक सव–ईन्जिनियर टेकबहादुर भण्डारीले जानकारी दिनुभएको छ । पुलका साथै स्थानिय स्तरमा जिल्ला विकास समितीको लगानीमा निर्माण भएका योजनाहरुको समेत स्थानिय विकास अधिकारी पराजुलीले अनुगमन गरेको उपभोक्ताहरुले जनाएका छन । साथै स्थानिय विकास अधिकारीले उद्धाटनकै शिलशिलामा समैजी गाविसमा निर्माणाधिन अवस्थामा रहेको सिचाई कुलोका साथै अन्य योजनाहरुको समेत अनुगमन गर्नुभएको छ ।

सो निर्माणाधिन अवस्थामा रहेको साना सिँचाई अन्तर्गत सिँचाई कुलोका लागि श्रमदान बाहेक जिल्ला बिकास समितिबाट ९ लाख ४० हजार रुपैँया र आरसिसिडब्लुबाट ९ लाख रकम भुक्तानी पाउने जिल्ला प्राविधिक कार्यालय डडेल्धुराका प्रमूख जिल्ला इन्जिनियर राम कुमार श्रेष्ठले जानकारी दिनुभएको छ । अनुगमन गर्दा पुल २ महिनाको छोटो समयमै र गतिलो सरसामाग्रीहरु प्रयोग गरि निर्माण गरिएको भन्दै कुलोको वाल लगाउने कार्य जारी रहेको बताउनु भयो । श्रेष्ठले सिचाँई कुलो निर्माणमा आवश्यक सर–सामाग्रीहरु गतिला खाले प्रयोग गर्न समेत निर्देशन दिइएको बताउनु भएको छ । समयमा नै काम पुरा गरि नमूना कार्य गरेको भन्दै पुल निर्माण समितीलाई बधाई समेत दिएको पुल निर्माण समितिका सचिव दत्ती सिहं भण्डारीले जानकारी दिनु भएको छ । डडेल्धुरा जिल्लाका विभिन्न स्थानिय खोला र नदिहरुमा २ वटा स्टिल ट्रस र ६ वटा झोलुङ्गे पुलहरु निर्माण भईरहेको जिल्ला प्राविधिक कार्यालय डडेल्धुराले जनाएको छ । 

पुल निर्माण गर्ने क्रममा समैजी गाविसको सौकाण खोला र गाङ्खेत गाबिसको ऐरी खोलामा स्टिल ट्रसपुल र अन्य अशिग्राम गाबिसको कोटगाणे खोला, परशुराम नगरपालिका जोगवुढाको गाईबाँधेखोला, शिर्ष गाबिसको आनातोलिखोला, मष्टामाण्डौ गाबिसको कुईतणाखोला, गणेशपुर गाबिसको गर्ता (फिन्नेकोट) खोला र रुपालको चाडीखोलामा झोलुङ्गे पुलहरु निर्माण भईरहेको झोलुङ्गेपुलका श्रोत (फोकल) व्यक्ती समेत रहेका सहायक सव ईन्जिनियर भण्डारीले जानकारी दिनु भएको छ । खोलामा पुल नहुदाँ वर्षायाममा बालबालिकाहरुको विद्यालय जान नपाउने समस्या टरेको पुल निर्माण समितीका अध्यक्ष मोहन भण्डारीले बताउनु भयो । पुल निर्माण हुँदा आफुहरुको बर्षौ देखिको सपना पुरा भएको भन्दै स्थानियहरुले खुसी व्यक्त गरेका छन । स्थानिय खोलाहरुमा पुल निर्माण कार्यले विधार्थी, बालबालिका र सर्वसाधारणहरुलाई आवत–जावतका लागि सजिलो हुनुका साथै वर्षाको बेला खोलाले बगाउने र अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता टरको भन्दै स्थानिय उपभोक्ताहरु खुसि बनेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै