पर्वत । पाँचौ पर्वत महोत्सवमा ऊट, अस्ट्रिच र चौरीको प्रदर्शनी गर्ने बताएको आयोजकले हल्लामात्रै फिजाएको बुझिएको छ । महोत्सवमा अस्ट्रिच, ऊट र चौरी ल्याउनको लागि भनिएको व्यक्ति पुत्र शोकमा परेको  र ल्याउन नसकिएको भन्दै आयोजक प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पाँचौ पर्वत महोत्सवमा ऊट, अस्ट्रिच र चौरीको प्रदर्शनी गर्ने बताएको आयोजकले हल्लामात्रै फिजाएको बुझिएको छ । महोत्सवमा अस्ट्रिच, ऊट र चौरी ल्याउनको लागि भनिएको व्यक्ति पुत्र शोकमा परेको  र ल्याउन नसकिएको भन्दै आयोजक प"/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

ऊट, अस्ट्रिच र चौरी खै ?

१६ माघ २०७३, आईतवार ०३:४१

पर्वत । पाँचौ पर्वत महोत्सवमा ऊट, अस्ट्रिच र चौरीको प्रदर्शनी गर्ने बताएको आयोजकले हल्लामात्रै फिजाएको बुझिएको छ । महोत्सवमा अस्ट्रिच, ऊट र चौरी ल्याउनको लागि भनिएको व्यक्ति पुत्र शोकमा परेको  र ल्याउन नसकिएको भन्दै आयोजक पन्छिएको छ । त्यस्तै महोत्सवमा प्याराग्लाइडिङ को पनि व्यापक प्रचार भएता पनि प्याराग्लाइडिङ भने नहुने देखिएको छ । अर्को आकर्षणका रुपमा रहेको जलयात्रा अर्थात् ¥याफ्टिङको लागि पनि खासै दर्शकले चाँसो देखाएको पाइदैन । जलयात्राको लागि ८ सयको दररेट तोकि राखिएता पनि हालसम्म कुनै पनि टिक ट विक्रि हुन सकेको छैन ।तर आयोजकले १४ वटा टिकट विक्रि भएको दाबी गरेको छ । 

झरीका कारण प्रभावित बनेको पाँचौ पर्वत महोत्सवको तेस्रो दिन शनिबार घमाइलो भएसँगै दर्शकको चहलपहल बढेको थियो । पहिलो दिन विद्युत र दोस्रो दिन झरीले प्रभावित पारेपछि निरास बनेको आयोजक घमाइलो भएसँगै खुसी देखिएता पनि दर्शकको मन मन जित्न सकेन ।


। साँघुरो ठाँउ त्यसमा रमाइलो मेलाको होहल्ला र कलाकाहरुको लोग्नेस्वास्नी खोज्ने गीतका कारण दर्शकहरु वाक्क भएर फर्किन बाध्य भए । महोत्सवमा स्थानीय लोकसाँस्कृति, गुरुङ मगर समुदायका लोकनृत्यको प्रस्तुत गर्ने भनिएता पनि कलाकारहरुले मात्रै दिनभर स्टेच छोडेन् । विहे गर्ने र लमी बन्ने को कोसँग जाने र लाने कलाकारहरुको विहेका कुराले दर्शकको खासै मन भने जित्न सकेन । 

बाजुङ  ९ कोटथोकबाट मेला हेर्नको लागि आएका डिलबहादुर दमाई महोत्सव देखाउने खसी भएको बताए । उनले महोत्सव सोचे अनुसारको नभएको गुनसो गरे ।

महोत्सव परिसर हिलाम्मे र खुट्टा गाडिने थियो, आयोजकले भुस राखेर हिलोलाई हटाउने प्रयास गरेता पनि दर्शकको माग र आवश्यकता र रोजाइलाई भने बुझ्न सकेन । तिलाहार की सिता लामिछानेले महोत्सव सोचे अनुसारको नभएको बताइन । उनले महोत्सवमा रत्यौली र स्थानीय लोकनृत्य हेर्न पाइने सोचका साथ आएता पनि त्यसो नभएको बताइन । उनले कलाकार ल्याएर आयोजकले कलाकारलाई मात्रै पैसा खुवाउने काम गरेको बताईन् । 


देउपुर मखकी तारा गुरुङले आयोजकले टिकट दस्तुर ६० राखेतामा पनि सोही अनुसारको उपलब्धी नभएको गुनासो गरिन उनले टिकटको पैसा बेकारमा खेर गएको बताई ।  झरीले प्रभावित भएको पाँचौ पर्वत महोत्सव अबलोकनकालागि छोराछोरी लिएर शनिबारको मौका छोपी महोत्सवमा आएकाहरु पनि महोत्सवको प्रभावताका बारेमा खासै खुसी भने देखिएनन् ।


शनिबार कलाकार राजन ठकुरी, भूमिका गिरी,प्रकाश सपुत, तुलसा जिसी लगायतका कलाकारहरुले स्टेज लिएका थिए तर दर्शकको मन भने रत्यौली र स्थानिय लोक नृत्यमा बढी देखिन्थ्यो जसका कारण पनि कलाकारहरुले दर्शकको मन जित्न भने खासै सकेनन् ।


त्यस्तै शनिबार पश्चिमाञ्चल स्तरीय भलिबल प्रतियोगिता अन्तरगत फलामखानी र मल्लाज भित्र भएको खेलमा मल्लाज विजयी भएको छ । 


महोत्सवमा लघुउद्यम र स्थानीय उत्पादनको भन्दा पनि बढि विदेशी सामानहरुको विक्रिवितरणका स्टलहरु रहेको पाइन्छ । महोत्सवमा भारतीय र चाइनिज मालसमानको बढी स्टल रहेका छन् । लघु तथा घरेलु उद्यमको भने १५ वटा स्थल रहेको आयोजकले दाबी गरेको छ ।  महोत्सव यहि माघ २२ गतेसम्म संचालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै