२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्लास्टिकजन्य पदार्थले कृषिको उत्पादनमा चुनौती थप्दै

२०७३, १६ माघ आईतवार ०९:५२

माघ १६, कञ्चनपुर । कञ्चनपुरमा प्लास्टिकजन्य पदार्थले कृषिको उत्पादनमा गम्भीर असर पु¥याउँदै आए पनि यसको निन्त्रणको प्रयास हुनसकेको छैन । 

खेतीयोग्य जग्गामा प्लास्टिकका झोला यत्रतत्र फालिँदा माटोको उर्वराशक्तिमा कमीआई कृषि उत्पादनमा असर परेको छ । 

प्लास्टिकका झोला लामो अवधिपछि पनि नष्ट नहुने भएका कारण हानिकारक रसायन जम्मा भई माटो तथा पानीलाई दुषित बनाउने र जग्गाको उर्वराशक्ति घटाइ कृषि उत्पादनमा असर परेको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो । 

प्लास्टिकका कारण बिरुवाको जीवनचक्रमा असर पारी जरा फैलिन नदिई उत्पादनमा कमी आएको छ भन्दै उहाँले भन्नुभयो, “तथ्याङ्कगत विवरण कार्यालयसँग नभए पनि बजार क्षेत्र र त्यसका आसपासका क्षेत्रका ९० प्रतिशत जमिनमा प्लास्टिकजन्य पदार्थका कारण उर्वराशक्तिमा ह्रास आएको पाएका छौंँ ।” 

प्लास्टिकजन्य पदार्थले पु¥याउने हानीबारे सर्वसाधारणमा चेतानाको कमीले जथाभावी फालिदा जमिनमुनि माटोको चिसोपनलाई समेत घटाउने भएको अधिकृत जोशीले बताउनुभयो । 

कृषिको उत्पादन ह्रास आउनुको मुख्य कारणमध्ये प्लास्टिक चुनौतीका रुपमा रहेको उल्लेख गर्नुहुँदै उहाँले यसबाट यहाँका किसानको उत्पादन दश प्रतिशतले घटेको छ भन्नुभयो । 

माटोमा हुने पोषकतत्वको प्रवाहलाई प्लास्टिकले रोक्नुका साथै सूर्यको किरणलाई भित्री सतहसम्म पुग्नबाट रोकी जमिनमा हुने प्राकृतिक प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्यसमेत गर्दै आएको कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत देवीदत्त कलौनीले बताउनुभयो । 

बेदकोट नगरपालिका चम्फापुरका किसान जयप्रकास राना सडक छउकै खेत भएकाले प्लास्टिकका झोला व्यवस्थापन गर्न चुनौती थपिएको बताउनहुन्छ । 

कृषिक्षेत्रसँगै प्लास्टिकका कारण मानवस्वास्थ्यमा समेत गम्भीर असर पर्न थालेको छ । ‘प्लास्टिकजन्य पदार्थ ग्रामीण क्षेत्रका बासिन्दा दाउरा सल्काउनका लागि दैनिक प्रयोग गर्र्दै आएकाले उनीहरुको स्वास्थ्य निकै जोखिममा रहेको पाएका छौंँ जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी हेमराज जोशीले भन्नुभयो, “प्लास्टिक जलाउँदा निस्कने हानिकारक ग्यासले क्यान्सरजस्तो रोगसँगै छालाका रोग निम्त्याउने खतरा छ ।” 

स्वास्थ्य चौकी र अस्पतालमा धेरै बिरामी छालाका हुने गरेका र तीमध्ये नसर्ने पेटभित्रको क्यान्सरका बिरामीसमेत फेला पर्ने गरेको अधिकृत जोशीले बताउनुभयो । 

प्लास्टिका कारण गतवर्ष ढलको पानी थुुनिनेसँगै घरभित्रै वर्षाको पानी पसेर नोक्सानी पु¥याएको झलारी बजारका व्यवसायी शिवराज भट्टले बताउनुभयो । 

जानकारका अनुसार प्लास्टिकजन्य पदार्थ पेट्रोलियम कच्चा पदार्थबाट बनाइने भएकाले यसमा पोलिमरसँगै विभिन्न किसिमका रङ्ग र रसायनिक पदार्थको प्रयोग गरिने भएकाले मानवस्वास्थ्यका लागि निकै घातक छ । 

जलवायु प्रदूषण, जैविक विविधतामा ह्रास ल्याउने कार्यसमेत प्लास्टिकले गर्दै आएको छ । हानिकारण प्लास्टिकको झोलाको प्रयोगको सट्टा जुट वा कपडाबाट बनाइएका पुनः प्रयोग गर्न मिल्ने झोलाको प्रयोग गरिनुपर्ने वन तथा वातावरणको क्षेत्रमा क्रियाशील मानसिंह भण्डारीले बताउनुभयो । 

प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका, २०६८, वातावरण संरक्षण ऐन, २०५३ तथा वातावरण संरक्षण नियमावली, २०५४ ले वातावरणमा प्रदूषण गर्न नपाइने व्यवस्थासँगै फोहरमैला व्यवस्थापन ऐन, २०६८ ले जथाभावी फोहर गर्न नपाइने तथा यस्तो कार्य गरेको पाइएमा सजायको व्यवस्था भए पनि ऐन नियम कार्यान्वयन नहँुदा प्लास्टिकको प्रयोग बढेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा