पर्वत । लोकदोहोरी गायक प्रजापति पराजुलीको नाम मञ्चमा उद्घोष हुनसाथ हजारौ दर्शकको एकपटक परररर.. ताली बज्न थाल्यो । बज्न पनि किन नबजोस् । पाँचौ पर्वत महोत्सव शुरु भएको दिनदेखि विकृति र विसंगतिमुलक गित र समाजलाइ अपाच्य हुने दृश्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । लोकदोहोरी गायक प्रजापति पराजुलीको नाम मञ्चमा उद्घोष हुनसाथ हजारौ दर्शकको एकपटक परररर.. ताली बज्न थाल्यो । बज्न पनि किन नबजोस् । पाँचौ पर्वत महोत्सव शुरु भएको दिनदेखि विकृति र विसंगतिमुलक गित र समाजलाइ अपाच्य हुने दृश्य"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हजारौ दर्ककलाई नचाए प्रजापति पराजुली

२०७३, १६ माघ आईतवार ११:१७


पर्वत । लोकदोहोरी गायक प्रजापति पराजुलीको नाम मञ्चमा उद्घोष हुनसाथ हजारौ दर्शकको एकपटक परररर.. ताली बज्न थाल्यो । बज्न पनि किन नबजोस् । पाँचौ पर्वत महोत्सव शुरु भएको दिनदेखि विकृति र विसंगतिमुलक गित र समाजलाइ अपाच्य हुने दृश्य र शब्द सुनेका दर्शकहरुलाई प्रजापतिमाथि ठूलो आश र विश्वास थियो ।

लोकक्षेत्रका नक्षेत्रका रुपमा रहेका प्रजापति के बुढाबुढी, के केटाकेटी  के युवायुवती सवैको मनमा बस्न पनि सफल भए जब उनी गितहरु गुन्जाउन शुरु गरे । लोकदोहोरी क्षेत्रका रुपमा खुबै चर्चामा आएका पराजुलीले शुरुमा लोक क्षेत्रमा पछिल्लो समयमा देखिएका विकृति विसंगतिप्रति कटाक्ष  गर्दै र लोकदोहोरी क्षेलाई पवित्र बनाउनको लागि भन्दै भगवनाको नाममा स्तुती निकाल्दै भजनबाट शुरु गरे । जब महोत्सव भजनभय भयो दर्शकको ताली र उत्तिकै उत्सुकता बढ्दै गयो । गायक पराजुलीले भजनमार्फत पाप र धर्म, कर्म र त्यसले पार्ने असरबारे सन्देश मुलक सन्देश समेत प्रवाह गरे ।

उनका गीतहरुमा दर्शकको समर्थन र उनलाईनै मञ्चमा रहिरहनको लागि बारम्बार तालीको दबाब आउन थाल्ने उनी के खान्छौ कमला सुन्तला कि अमला भन्दै गीत गाउँन थाले मञ्चमा बसेका सांसद कल्पना चापागाई, पर्वत, बाग्लुङ र म्याग्दीका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी युवराज पौडेल, एसपी, डिएसपी सवै मञ्चमा नाच्न थाले । आयोजक पनि खुसीले गदगद थियो ।

मञ्चबाट केहि राम्रो सन्देश मुलक गीत तथा कार्यक्रम हुन्छ कि भनेर तीन देखि आतुर दर्शकहरु साँझपखमा प्रजापतिको गीतका धुनमा निकै मग्न देखिन्थे । गायक पराजुलीले रत्यौली, भजन, तीजका गितहरु सुनाएर पाँचौ पर्वत महोत्सवमा  चौथो दिनमा स्थानीय लोक संस्कृति परम्पराको अनुभूति दिलाए । 

त्यसलगत्तै बालबैज्ञानिकका रुपमा देशभर चर्चा पाएका अमन पौडेले आफूले बनाएको ड्रोन, लिग विनाको रेल प्रदर्शन गरे दर्शकहरुलाई थप  मनोरञ्जन प्रदान ग¥यो । कक्षा ९ मा पढ्ने बालकले हातमा रिमोट लिएर ड्रोन उडाएको देख्दा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी र दर्शक निकै हर्षित र प्रविधिमय मञ्च बनेको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह