माघ १६, भक्तपुर । भक्तपुरमा सञ्चालित इँटाभट्टाको कालो धुवाँले पछिल्लो समयमा यहाँको प्रदूषण अत्यधिक बढेको छ । 

प्रदूषण बढ्दा भक्तपुरमा विभिन्न रोगक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १६, भक्तपुर । भक्तपुरमा सञ्चालित इँटाभट्टाको कालो धुवाँले पछिल्लो समयमा यहाँको प्रदूषण अत्यधिक बढेको छ । 

प्रदूषण बढ्दा भक्तपुरमा विभिन्न रोगक"/>

२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

इँटाभट्टाको कालो धुवाँले भक्तपुरमा उच्च प्रदूषण

२०७३, १६ माघ आईतवार ११:२१

माघ १६, भक्तपुर । भक्तपुरमा सञ्चालित इँटाभट्टाको कालो धुवाँले पछिल्लो समयमा यहाँको प्रदूषण अत्यधिक बढेको छ । 

प्रदूषण बढ्दा भक्तपुरमा विभिन्न रोगका बिरामी समेत बढेका छन् । जिल्लामा सञ्चालित ६२ वटा इँटाभट्टाले कालो धुवाँ फाल्दा यहाँका बस्तीसमेत कालाम्मे हुने गरेका छन् । 

प्रदूषणका कारण तरकारीलगायत नगदे बालीको उत्पादनसमेत निकै घटेको छ भने तरकारीका पात तथा काउलीमा कालो लेदो जम्ने गर्दा तरकारीको बिक्री समेत घटेको बताइएको छ । 

धोएर सुकाएको सेता लुगा कालो हुने गरेको गुनासो स्थानीयबासीको छ । भूकम्प अघि चिम्नी अग्लो हुँदा प्रदूषण केही घटे पनि भूकम्पपछि भत्किएका सबै इँटाभट्टाको चिम्नी आधा ओट्याएर सानो बनाएपछि कालो धुवाँ जमिनको सतहमै फैलिने हुँदा समस्या सिर्जना भएको हो । 

भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलका अर्जुन कार्कीले इँटाभट्टाको कालो धुवाँले श्वास फेर्नै गाह्रो हुने बताउँदै इँटाभट्टाले कोइला हाल्दा सिधँै कोइला बलेको गन्ध आउँदा गाउँमा बिरामी बढेको बताए । 

सूर्यविनायक नगरपालिका चित्तपोलका सुुमन थापाले भन्नुभयो–“समथर जमिनमा इँटाभट्टा सञ्चालन भएका छन्, भट्टाका धुवाँ सिधैँ गाउँभरी फैलिन्छ, बिहान उठ्ने वित्तिकै कोइलाको गन्ध लिएर श्वास फेर्नुपर्छ, घरको छानोदेखि लुगासम्म कालाम्य हुनेगर्छ ।” 

चाँगुनारायण नगरपालिका झौखेलका राजाराम श्रेष्ठले इँटाभट्टाको धुवाँले तरकारी उत्पादन घट्नुका साथै बजार नपाएको गुनासो गर्नुभयो । इँटाभट्टाको धुवाँ तरकारीमा पर्ने र बिहानको शीतले कालो धुवाँ तरकारीको पात एवम् काउलीलगाउतको गोभीमा जम्ने गर्दा तरकारीको बिक्री नै घटेको बताउनुभयो । 

चाँगुनारायण दुवाकोटका शिवहरी शर्माले तरकारीमा कालो लेदो जम्ने गरेकाले तरकारी खान र बिक्री गर्न नसकेको बताउँदै तरकारीको उत्पादन समेत घटेको गुनासो गर्नुभयोे । 

भक्तपुर जिल्ला अस्पतालका अनुसार धुवाँकै कारण दमको बिरामी बढेका छन् । पछिल्लो समयमा छाती दुख्ने, दम बढ्ने, नियमित खोकी लाग्ने, टाउँको दुख्ने जस्ता निकोटिनका कारणबाट देखिने रोगका बिरामी बढेको अस्पतालले जनाएको छ । 

भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातीभाइ ह्याम्बाले घरेलुमा दर्ता भएर नियम सङ्गत रुपमा सञ्चालित इँटाभट्टाले कालो धुवाँ नफाल्ने गरेको दाबी गरे । अवैध रुपमा सञ्चालित केही इँटाभट्टाले मापदण्ड पूरा नगर्दा कालो धुवाँ फालेको हुनसक्ने बताउँदै उहाँले अन्य इँटाभट्टाले कालो धुवाँलाई प्रशोधन गरेर फाल्ने प्रविधिसमेत जडान गरेकाले समस्या नआएको बताउनुभयो । 

इँटाभट्टाको अनुगमन गर्ने निकायका रुपमा रहेको जिल्ला घरेलु तथा साना उद्योग कार्यालय एवम् सम्बन्धित नगरपालिकाले भने यसबारेमा कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला