सागर शर्मा/माघ १६, प्युठान । जिल्लाको धरमपानी गाबिसमा  अगुवा कृषकहरुको सहभागितामा सुधारिएको गोठेमल विकास सम्वन्धि  एक दिने अभिमुखिकरण कार्यक्रम सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/माघ १६, प्युठान । जिल्लाको धरमपानी गाबिसमा  अगुवा कृषकहरुको सहभागितामा सुधारिएको गोठेमल विकास सम्वन्धि  एक दिने अभिमुखिकरण कार्यक्रम सम"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

धरमपानीका अगुवा कृषकहरुलाई अभिमुखिकरण

१६ माघ २०७३, आईतवार ११:३९


सागर शर्मा/माघ १६, प्युठान । जिल्लाको धरमपानी गाबिसमा  अगुवा कृषकहरुको सहभागितामा सुधारिएको गोठेमल विकास सम्वन्धि  एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 

गाविस स्तरिय कृषि तथा भेटनरी समन्वय समिति धरमपानीको आयोजना र धरमपानी गाविसको आर्थिक सहयोगमा  कार्यक्रम आयोजना गरिएको हो ।

आइतबार सम्पन्न भएको कार्यक्रममा धरमपानी गाविसका १८ जना अगुवा कृषकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा गोठेमलको सुधार, मलमुत्रको व्यवस्थापन, गोठेमल बनाउने तरिका, गोठेमलबाट वालिमा हुने फाईदाको बारेमा 

सहभागीहरुलाइ जानकारि दिइएको थियो । रासायनिक मलको न्युनीकरण गर्दै अर्गानिक खेति तर्फ किसानलाई प्रोत्साहन गर्ने  उध्यश्यले उक्त अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रमको उद्घाटन सत्रमा वोल्दै गाविस सचिव लेखनाथ भट्टराईले किसानलाई आफ्नै घर वरिपरि खेरा गईरहेको फोहोर मैलालाई व्यवस्थित गर्दै समग्र देशले लिएको पूर्ण आनिवानिको  अभियानमा एकाकार हुन कृषकहरुलाई आग्रह गर्नुभएको थियो ।  साथै रसायनिक मल तथा विषादिले मान्छे लाई मात्र असर नगरेर  माटोको उर्वरा शक्ति नष्ट गर्ने भएकाले गोठेमलको प्रयोग गरि खेतिपाती गर्नुपर्नेमा उहाको जोड  थियो ।

जिल्ला कृषि विकास कार्यालय प्युठानका प्राविधिक सहायक केशव खनालले  कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै