१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

कुवेत लैजान लागिएका तीन महिलाको बर्दियाबाट उद्धार

१६ माघ २०७३, आईतवार १६:४४

माघ १६, बर्दिया । नेपालबाट भारतीय भूमि हुँदै कुवेत लैजान लागिएका तीन महिलालाई बर्दियाको सानोश्री तारातालबाट उद्धार गरिएको छ । 

भारतको नयाँ दिल्ली हुँदै कुवेत लैजाने भन्दै यम गुरुङ भनिने एक व्यक्तिले मोटो रकम दिने आश्वासनका आधारमा म्याग्दी घर बताउने धनवीर पुनको जिम्मामा बर्दियाका स्थानिय एजेन्टका रुपमा सीमा पार गराउने खैरिचन्दनपुर–४ का रतन विक र निजको साला ढोढरी बेलुबा चोक बस्ने अर्जुन विकले भारत लैजान लागेको अवस्थामा शनिबार राति १० बजे इलाका प्रहरी कार्यालय सानोश्री तारातालको गस्ती टोलीले १० नं ओपीबाट उनीहरुलाई उद्धार गरेको हो । 

उद्धार गरिएकामा लमजुङका दुई तथा नवलपरासीका एक महिला रहेका छन् । भारतको दिल्ली हुँदै कुवेत लैजान लागेका धनवीर पुन र रतन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अर्जुन विक फरार रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर बोहराका अनुसार महिलाहरुको उद्धार गरी थप अनुसन्धान भइरहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै