प्रज्वल पाैडेल । माघ १६, रामेछाप । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई रामे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । माघ १६, रामेछाप । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई रामे"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

गृहजिल्ला रामेछापमा कुलमानलाई अभिनन्दन

१६ माघ २०७३, आईतवार १७:३३

रामेछापका सबै गाविसमा विद्युतीकरणको लागि बजेट विनियोजन भइसक्याे : घिसिङ

प्रज्वल पाैडेल । माघ १६, रामेछाप । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई रामेछापको बेथानमा भब्य स्वागत गरिएको छ । प्राधिकरणको कार्यकारी निर्देशक भएपछि पहिलो पटक गृह जिल्ला आउनु भएका घिसिङलाई बेथानस्थित डहु माविमा अाइतबार भएको एक कार्यक्रममा अभिनन्दन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले विद्युतकाे माग र अापुर्तिकाे कुशल व्यवस्थापनले नै अहिले काठमाण्डौ लगाएतका देशका प्रमुख शहरहरू

लोडसेडिङमुक्त भएकाे बताउनुभयाे । उहाँले दिर्घकालिन रुपमा नेपाललाई जलविद्युतमा कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने बिषयमा आफुले अध्ययन गरिरहेको जानकारी दिनुभयाे। सुनकोसी नदीमा निर्माण हुने जलविद्युत आयोजनालाई मध्यनजर गर्दै रामेछापको राकाथुम गाविसमा सवस्टेसन बनाउने कार्य अगाडि बढाएको बताउदै घिसिङले भन्नुभयाे – याे सवस्टेशन मार्फत हिमाल पहाड र तराई क्षेत्रमा विद्युत वितरण गर्न सहज हुने योजना बनाइएकाे छ । नेपालको पानी जनताको लगानी कार्यक्रम मार्फत केही गर्न सकिन्छ कि भनेर उर्जा मन्त्रालयकाे पहलमा जलविद्युतमा लगानी गर्नको लागि अनलाइनमा अावेदनकाे व्यवस्था गरिएको बताउदै उहाँले हालसम्म ३ अर्ब सम्मको अनलाईन मार्फत प्रतिबद्धता आइसकेकाे जानकारी दिनुभयाे। उहाँले धेरै नागरिक अझै पनि लोडसेडिङको मारमा रहेको भन्दै अँध्यारोमा बस्नेलाई बत्ती दिनु आफ्नो पहिलो काम भएको बताउनुभयो ।

घिसिङले रामेछापमा विजुली बाल्न बाँकी रहेका सबै गाविसमा विद्युतीकरणको लागि बजेट विनियोजन भइसकेको जानकारी दिनुभयाे । डहु माविका भूतपूर्व विद्यार्थी समेत रहेका घिसिङलाई विद्यालयका संस्थापक सदस्य प्रतापसिंह लामाबाट नागरिक अभिन्नदन गरेसँगै उहाँलाई सम्मान गर्नेकाे लाइन लागेकाे थियाे । विद्यालयमा जडान भएको इन्टरनेट र सिसी क्यामेराको समेत प्राधिकरण प्रमुख घिसिङले शुभारम्भ गर्नुभयो । डहु माविका प्रधानाध्यापक दलबहादुर लामाका अनुसार विद्यालयमा  इन्टरनेट सहितका २२ वटा कम्प्युटर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै