पर्वत । पाँचौ पर्वत महोत्सवको चौथो दिनसम्म १६ हजार दर्शकले अबलोकन गरेको आयोजकले बताएको छ । माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव झरी र बर्षाका कारण प्रभावित बनेपछि सोच अनुसारको दर्शक भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पाँचौ पर्वत महोत्सवको चौथो दिनसम्म १६ हजार दर्शकले अबलोकन गरेको आयोजकले बताएको छ । माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव झरी र बर्षाका कारण प्रभावित बनेपछि सोच अनुसारको दर्शक भ"/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

महोत्सवको चौथो दिनसम्म १६ हजार दर्शक भित्रिए

१७ माघ २०७३, सोमबार ०३:५७

पर्वत । पाँचौ पर्वत महोत्सवको चौथो दिनसम्म १६ हजार दर्शकले अबलोकन गरेको आयोजकले बताएको छ । माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव झरी र बर्षाका कारण प्रभावित बनेपछि सोच अनुसारको दर्शक भित्रिन सकेका छैनन । जिल्लाबाहेक अन्यन्त्र जिल्ला बाग्लुङ, म्याग्दी, कास्की सम्मका दर्शक आएको भनिएता पनि दर्शकको संख्या हेर्दा अझै पनि दर्शक महोत्सवमा भित्रिन सकेको देखिदैन ।


महोत्सव आयोजक समितिले महोत्सवमा २ लाख दर्शक भित्राउने र ४ करोडको कारोबार गर्ने दाबी गर्दै आएता पनि महोत्सवको आधा समय वित्दा पनि १० हजार दर्शक भित्रनुको मुख्य कारण के हो कसैले बुझ्न सकेको छैन । 


महोत्सवको दोस्रो दिन झरीका कारण प्रभावित बनेपछि उल्लेखनीय रुपमा दर्शक महोत्सवमा भित्रिन सकेका छैनन् ।


महोत्सव आयोजक समितिले महोत्सवमा अस्ट्रिच, ऊट र चौरी गाई प्रदर्शनी तथा प्याराग्लाइीडङ र ¥याफ्टिङ गर्ने भनिएता पनि अझैसम्म उक्त कार्य हुन सकेको छैन ।  तर स्थानीय एक साप्ताहिकले आर्थिक संयोजक गोपी अधिकारीको हवला दिएर समाचार छापेको छ । उसले महोत्सवमा ऊट, चौरी र अस्ट्रिच प्रदर्शनीमा राखिएको र दर्शकहरुको उल्लेखनीय भूमिका रहेको बताएको छ । तर अधिकारीले आफूले त्यस्तो कसैलाई पनि जानकारी नदिएको र हालसम्म कुनै पनि जनवारहरु नआएको बताएका छन् । 


महोत्सव स्थल साँघुरो र रमाइलो मेलाको कोलाहलले गर्दा पनि महोत्सवमा खासै दर्शक भित्रिन नसकेको महोत्सवलाई नजिकबाट निहालेकाहरु बताउँछन् ।


आर्थिक संयोजक गोपी अधिकारीका अनुसार टिकट विक्रिमार्फत ६ लाख ५० हजार आर्थिक संकलन भएको जनाएका छन् । उनले झरीले गर्दा पनि महोत्सवलाई असर पारेको तर अका दिनमा भने राम्रो हुने बताए । त्यस्तै  महोत्सवमा रहेका १३ होटल व्यवसायीले एकदिन प्रति होटल ५० हजारसम्मको कारोकार गरेको उनको तर्क छ । महोत्सवमा १७० भन्दा बढि स्टल रहेका छन् ।


आज महोत्सवको पाँचौ दिन राष्ट्रिय कलाकार पशुपति शर्मा लगायतका स्थानीय तथा धौलागिरीका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै