पर्वत । पाँचौ पर्वत महोत्सवको चौथो दिनसम्म १६ हजार दर्शकले अबलोकन गरेको आयोजकले बताएको छ । माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव झरी र बर्षाका कारण प्रभावित बनेपछि सोच अनुसारको दर्शक भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पाँचौ पर्वत महोत्सवको चौथो दिनसम्म १६ हजार दर्शकले अबलोकन गरेको आयोजकले बताएको छ । माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव झरी र बर्षाका कारण प्रभावित बनेपछि सोच अनुसारको दर्शक भ"/>
२०८२, १५ चैत्र आईतवार
पर्बत - PBT

महोत्सवको चौथो दिनसम्म १६ हजार दर्शक भित्रिए

२०७३, १७ माघ सोमबार ०३:५७

पर्वत । पाँचौ पर्वत महोत्सवको चौथो दिनसम्म १६ हजार दर्शकले अबलोकन गरेको आयोजकले बताएको छ । माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव झरी र बर्षाका कारण प्रभावित बनेपछि सोच अनुसारको दर्शक भित्रिन सकेका छैनन । जिल्लाबाहेक अन्यन्त्र जिल्ला बाग्लुङ, म्याग्दी, कास्की सम्मका दर्शक आएको भनिएता पनि दर्शकको संख्या हेर्दा अझै पनि दर्शक महोत्सवमा भित्रिन सकेको देखिदैन ।


महोत्सव आयोजक समितिले महोत्सवमा २ लाख दर्शक भित्राउने र ४ करोडको कारोबार गर्ने दाबी गर्दै आएता पनि महोत्सवको आधा समय वित्दा पनि १० हजार दर्शक भित्रनुको मुख्य कारण के हो कसैले बुझ्न सकेको छैन । 


महोत्सवको दोस्रो दिन झरीका कारण प्रभावित बनेपछि उल्लेखनीय रुपमा दर्शक महोत्सवमा भित्रिन सकेका छैनन् ।


महोत्सव आयोजक समितिले महोत्सवमा अस्ट्रिच, ऊट र चौरी गाई प्रदर्शनी तथा प्याराग्लाइीडङ र ¥याफ्टिङ गर्ने भनिएता पनि अझैसम्म उक्त कार्य हुन सकेको छैन ।  तर स्थानीय एक साप्ताहिकले आर्थिक संयोजक गोपी अधिकारीको हवला दिएर समाचार छापेको छ । उसले महोत्सवमा ऊट, चौरी र अस्ट्रिच प्रदर्शनीमा राखिएको र दर्शकहरुको उल्लेखनीय भूमिका रहेको बताएको छ । तर अधिकारीले आफूले त्यस्तो कसैलाई पनि जानकारी नदिएको र हालसम्म कुनै पनि जनवारहरु नआएको बताएका छन् । 


महोत्सव स्थल साँघुरो र रमाइलो मेलाको कोलाहलले गर्दा पनि महोत्सवमा खासै दर्शक भित्रिन नसकेको महोत्सवलाई नजिकबाट निहालेकाहरु बताउँछन् ।


आर्थिक संयोजक गोपी अधिकारीका अनुसार टिकट विक्रिमार्फत ६ लाख ५० हजार आर्थिक संकलन भएको जनाएका छन् । उनले झरीले गर्दा पनि महोत्सवलाई असर पारेको तर अका दिनमा भने राम्रो हुने बताए । त्यस्तै  महोत्सवमा रहेका १३ होटल व्यवसायीले एकदिन प्रति होटल ५० हजारसम्मको कारोकार गरेको उनको तर्क छ । महोत्सवमा १७० भन्दा बढि स्टल रहेका छन् ।


आज महोत्सवको पाँचौ दिन राष्ट्रिय कलाकार पशुपति शर्मा लगायतका स्थानीय तथा धौलागिरीका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह