१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोलबजारमा पनि कुष्ठरोग दिवस मनाईयो

१७ माघ २०७३, सोमबार ०५:४७

राम नारायण पंडित/माघ १७, सिरहा । सिरहा सहितका स्थानहरुमा ६४ औं विश्व कुष्ठरोग दिवस आइतबार मनाइएको छ । 

समयमा कुष्ठरोगको उपचार गरौं, अपाङ्ता हुनबाट बचौं भन्ने नाराका साथ सिरहाको गोलबजार सहित देशभर विभिन्न कार्यक्रम गरेर दिवस मनाइएको छ । अंग्रेजी वर्ष अनुसार जनवरीको अन्तिम आइतबार कुष्ठरोग दिवस मनाउने प्रचलन रहँदै आएको छ । 

दिबसको अबसर पारेर सिरहाको गोलबजारमा प्रभात फेरी निकालिएको थियो । प्रभातफेरी नगरको बिभिन्न भागको परिक्रमा गर्दै स्बास्थ्य चौकी गालेबजारको प्रांगणमा पुगी समापन भएको स्बास्थ्य चौकीका इन्चार्ज निरंजन शाक्यले बताए । 

हालसम्म सिरहामा २९ जना कुष्ठरोगी रहेको उनले बताए । यता, विश्वमा प्रत्येक वर्ष दुई लाख र नेपालमा प्रत्येक वर्ष तीन हजार मानिसमा कुष्ठ रोग देखिने गरेको छ । नेपालमा २०६५ सालमा कुष्ठरोगको निवारण भएको घोषणा गरिए पनि यसले सार्थकता भने पाउन सकेको छैन । नेपालको तराई क्षेत्रमा यो रोग धेरै देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै