२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

झलारी पिपलाडीका आधा दर्जन गाउँका बासिन्दा आर्सेनिकयुक्त पानी पिउँदै

२०७३, १७ माघ सोमबार ०९:२३

माघ १७, कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रका आधा दर्जन बढी गाउँका बासिन्दा स्वास्थ्यका लागि हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् ।

शुद्ध पानी उपलब्ध नहुँदा बन्साहा, खजुवा, नौखरी, गणेशपुर, लक्ष्मीपुर सिकलपट्टि, असैनालगायत क्षेत्रका बासिन्दा आर्सेनिकयुक्त पानी पिउन बाध्य भएका हुन् ।

नगरपालिकाको पञ्चवर्षीय आवधिक योजना बनाउन खटिएको टोलीले गरेको अध्ययनमा हातेपम्पबाट तानिने पानीमा आर्सेनिकको मात्रा अधिक रहेको पाइएको हो ।

अध्ययनका क्रममा हातेपम्पबाट निकालिएको पानीमा आर्सेनिकको मात्रा ५० पिपिएभन्दा बढी रहेको बताएको रिव्स इन्जिनियरिङ कन्सल्टेन्ट तथा डेभलपमेन्ट कन्सल्टेन्ट प्रालिका परामर्शदाता डा केदार दाहालले बताए। “हातेपम्प २० फुटदेखि ४० फुटसम्म गाडिएका क्षेत्रमा बढी आर्सेनिकयुक्त पानी पाइएको छ” – उनले भने।

हातेपम्प सय मिटरमुनि गाडिएको पानीमात्रै खान योग्य हुने उनको भनाइ छ । असैना निवासी ज्ञानबहादुर विष्टले केही वर्षअघि गैरसरकारी संस्थाले समेत जाँच गर्दा आर्सेनिकयुक्त ठह¥याइएका हातेपम्पबाट तानिएको पानी पनि स्थानीय बासिन्दाले प्रयोग गर्दै आएका बताए।

नगरपालिकाका करिव ९० प्रतिशत बासिन्दा हातेपम्पको पानीे प्रयोग गर्छन् ।

आर्सेनिकयुक्त पानीको प्रयोग गरेमा छालाका रोगहरु, आन्द्रा, दाँतको सङ्क्रमणसँगै दीर्घकालीन आर्सेनिकोसिस रोग लागि छाला, फोक्सो, ब्लड क्यान्सर हुने सम्भावना रहने पिपलाडी स्वास्थ्य चौकीका सिअहेब चेतराज भट्टले बताए।

“गर्भवती महिलालाई समेत आर्सेनिकयुक्त पानीले असर पु¥याउँछ” – उनले भने “ लगातार दुईदेखि १० वर्षसम्म आर्सेनिक धेरै भएको पानी खाने मानिसलाई रोग देखिन सक्छ । रोग बढ्दै गएपछि हत्केला र पैतालामा गिर्खा देखापर्न थाल्छन्, स्वास्थ्य सुरुमा नदुख्ने, नपोल्ने गिर्खा बढ्दै गएपछि उपचार गरिएन भने यिनै गिर्खाबाट क्यान्सर भएर मानिसको मृत्यु हुनसक्छ ।”

निर्धारित मापदण्डअनुसार पानी न्यूनतम् १० माइक्रोग्राम प्रतिलिटर आर्सेनिक भए बाह्य सरसफाइका लागि प्रयोग गर्न सकिने र न्यूनतम शून्य दशमलब ०५ माइक्रो प्रतिलिटर मात्रै पिउन योग्य मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले भने एक लिटरमा १० माइक्रो ग्रामसम्म आर्सेनिकयुक्त पानी पिउन योग्य मानेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा