१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

झलारी पिपलाडीका आधा दर्जन गाउँका बासिन्दा आर्सेनिकयुक्त पानी पिउँदै

१७ माघ २०७३, सोमबार ०९:२३

माघ १७, कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका क्षेत्रका आधा दर्जन बढी गाउँका बासिन्दा स्वास्थ्यका लागि हानिकारक मानिएको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् ।

शुद्ध पानी उपलब्ध नहुँदा बन्साहा, खजुवा, नौखरी, गणेशपुर, लक्ष्मीपुर सिकलपट्टि, असैनालगायत क्षेत्रका बासिन्दा आर्सेनिकयुक्त पानी पिउन बाध्य भएका हुन् ।

नगरपालिकाको पञ्चवर्षीय आवधिक योजना बनाउन खटिएको टोलीले गरेको अध्ययनमा हातेपम्पबाट तानिने पानीमा आर्सेनिकको मात्रा अधिक रहेको पाइएको हो ।

अध्ययनका क्रममा हातेपम्पबाट निकालिएको पानीमा आर्सेनिकको मात्रा ५० पिपिएभन्दा बढी रहेको बताएको रिव्स इन्जिनियरिङ कन्सल्टेन्ट तथा डेभलपमेन्ट कन्सल्टेन्ट प्रालिका परामर्शदाता डा केदार दाहालले बताए। “हातेपम्प २० फुटदेखि ४० फुटसम्म गाडिएका क्षेत्रमा बढी आर्सेनिकयुक्त पानी पाइएको छ” – उनले भने।

हातेपम्प सय मिटरमुनि गाडिएको पानीमात्रै खान योग्य हुने उनको भनाइ छ । असैना निवासी ज्ञानबहादुर विष्टले केही वर्षअघि गैरसरकारी संस्थाले समेत जाँच गर्दा आर्सेनिकयुक्त ठह¥याइएका हातेपम्पबाट तानिएको पानी पनि स्थानीय बासिन्दाले प्रयोग गर्दै आएका बताए।

नगरपालिकाका करिव ९० प्रतिशत बासिन्दा हातेपम्पको पानीे प्रयोग गर्छन् ।

आर्सेनिकयुक्त पानीको प्रयोग गरेमा छालाका रोगहरु, आन्द्रा, दाँतको सङ्क्रमणसँगै दीर्घकालीन आर्सेनिकोसिस रोग लागि छाला, फोक्सो, ब्लड क्यान्सर हुने सम्भावना रहने पिपलाडी स्वास्थ्य चौकीका सिअहेब चेतराज भट्टले बताए।

“गर्भवती महिलालाई समेत आर्सेनिकयुक्त पानीले असर पु¥याउँछ” – उनले भने “ लगातार दुईदेखि १० वर्षसम्म आर्सेनिक धेरै भएको पानी खाने मानिसलाई रोग देखिन सक्छ । रोग बढ्दै गएपछि हत्केला र पैतालामा गिर्खा देखापर्न थाल्छन्, स्वास्थ्य सुरुमा नदुख्ने, नपोल्ने गिर्खा बढ्दै गएपछि उपचार गरिएन भने यिनै गिर्खाबाट क्यान्सर भएर मानिसको मृत्यु हुनसक्छ ।”

निर्धारित मापदण्डअनुसार पानी न्यूनतम् १० माइक्रोग्राम प्रतिलिटर आर्सेनिक भए बाह्य सरसफाइका लागि प्रयोग गर्न सकिने र न्यूनतम शून्य दशमलब ०५ माइक्रो प्रतिलिटर मात्रै पिउन योग्य मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले भने एक लिटरमा १० माइक्रो ग्रामसम्म आर्सेनिकयुक्त पानी पिउन योग्य मानेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा नक्कली प्रहरी पक्राउ भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी ‘चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग’ अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड नेप्से परिसूचक १० अङ्कले बढ्यो कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो विश्वकपको ट्रफी नेपालमा ल्याइने ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल