बैतडीमा बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

Posted on: 30 Jan, 2017

माघ १७, बैतडी । सलेना गाविसकी महिलालाई बलात्कार गरेको आरोपमा यहाँका एक प्रधानाध्यापक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुदर्शन मावि लिखोडाका प्रअ सलेना गाविस–२ मलिकुलका ५२ वर्षीय रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले जानकारी दिनुभयो । 

अभियुक्त चन्दले यही माघ १३ गते राति महिलाको घरमै गएर बलात्कार गरेको भनी आफन्तले उजुरी दिएपछि पह्ररीले आज उनलाई पक्राउ गरेको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!