माघ १८, पर्सा । सोनवर्षा गाविसमा गए राति जङ्गली हात्तीले आक्रमण गर्दा ६० वर्षीय ठगप्रसाद यादवको मृत्यु भएको छ । 

गाविसको वडा नं ९मा पर्ने चरभयौ रेन्ज "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १८, पर्सा । सोनवर्षा गाविसमा गए राति जङ्गली हात्तीले आक्रमण गर्दा ६० वर्षीय ठगप्रसाद यादवको मृत्यु भएको छ । 

गाविसको वडा नं ९मा पर्ने चरभयौ रेन्ज "/>

१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

हात्तीको आक्रमणबाट एकको मृत्यु

१८ माघ २०७३, मंगलवार ०६:०८

माघ १८, पर्सा । सोनवर्षा गाविसमा गए राति जङ्गली हात्तीले आक्रमण गर्दा ६० वर्षीय ठगप्रसाद यादवको मृत्यु भएको छ । 

गाविसको वडा नं ९मा पर्ने चरभयौ रेन्ज पोस्ट नजिकै राति हात्तीले गरेको आक्रमणमा परी पर्सा निचुटा–२ मनिहर्वा टोल निवासी यादवको मृत्यु भएको हो । 

श्रीपञ्चमीका अवसरमा सोनवर्षा गाविसस्थित दूधेश्वर महादेवको मन्दिरमा जल चढाउन गएका क्रममा कवरीहरुको समूहमाथि हात्तीले आक्रमण गर्दा अन्य कवरी भाग्न सफल भए पनि यादव भाग्न नसकेपछि हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक, गोविन्दकुमार साहले जानकारी दिनुभयो । 

कवरी समूहमाथि हात्तीले आक्रमण गरेको सूचना पाएपछि तत्कालै घटनास्थलमा पुगेको प्रहरी चौकी रङ्गपुर, इप्रका पटेर्वा सुगौली र पर्सा वन्यजन्तु आरक्षको संयुक्त टोलीले अन्य कवरीलाई हात्तीको आक्रमणबाट जोगाई सुरक्षित स्थानतर्फ लगेको थियो । 

शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । आहारका खोजीमा वनबाट बाहिरिने हात्तीको झुन्डले पर्साको वन नजिकै रहेका मानवबस्ती तथा गाउँमा आक्रमण गर्दा बर्सेनि दशभन्दा बढीले ज्यान गुमाउनुपरेको छ । 

वन क्षेत्र फँडानी गरी बसेको मानवबस्तीमा जङ्गली हात्तीको आक्रमण बढ्दै गए पनि उत्पन्न समस्या समाधान गर्न सरकारले खासै चासो नदेखाएको गुनासो स्थानीयवासीले गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा नक्कली प्रहरी पक्राउ भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी ‘चलचित्र विकास बोर्डलाई समावेशी बनाउन माग’ अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड नेप्से परिसूचक १० अङ्कले बढ्यो कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो विश्वकपको ट्रफी नेपालमा ल्याइने ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल