माघ १८, पर्सा । सोनवर्षा गाविसमा गए राति जङ्गली हात्तीले आक्रमण गर्दा ६० वर्षीय ठगप्रसाद यादवको मृत्यु भएको छ । 

गाविसको वडा नं ९मा पर्ने चरभयौ रेन्ज "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १८, पर्सा । सोनवर्षा गाविसमा गए राति जङ्गली हात्तीले आक्रमण गर्दा ६० वर्षीय ठगप्रसाद यादवको मृत्यु भएको छ । 

गाविसको वडा नं ९मा पर्ने चरभयौ रेन्ज "/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

हात्तीको आक्रमणबाट एकको मृत्यु

२०७३, १८ माघ मंगलवार ०६:०८

माघ १८, पर्सा । सोनवर्षा गाविसमा गए राति जङ्गली हात्तीले आक्रमण गर्दा ६० वर्षीय ठगप्रसाद यादवको मृत्यु भएको छ । 

गाविसको वडा नं ९मा पर्ने चरभयौ रेन्ज पोस्ट नजिकै राति हात्तीले गरेको आक्रमणमा परी पर्सा निचुटा–२ मनिहर्वा टोल निवासी यादवको मृत्यु भएको हो । 

श्रीपञ्चमीका अवसरमा सोनवर्षा गाविसस्थित दूधेश्वर महादेवको मन्दिरमा जल चढाउन गएका क्रममा कवरीहरुको समूहमाथि हात्तीले आक्रमण गर्दा अन्य कवरी भाग्न सफल भए पनि यादव भाग्न नसकेपछि हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक, गोविन्दकुमार साहले जानकारी दिनुभयो । 

कवरी समूहमाथि हात्तीले आक्रमण गरेको सूचना पाएपछि तत्कालै घटनास्थलमा पुगेको प्रहरी चौकी रङ्गपुर, इप्रका पटेर्वा सुगौली र पर्सा वन्यजन्तु आरक्षको संयुक्त टोलीले अन्य कवरीलाई हात्तीको आक्रमणबाट जोगाई सुरक्षित स्थानतर्फ लगेको थियो । 

शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । आहारका खोजीमा वनबाट बाहिरिने हात्तीको झुन्डले पर्साको वन नजिकै रहेका मानवबस्ती तथा गाउँमा आक्रमण गर्दा बर्सेनि दशभन्दा बढीले ज्यान गुमाउनुपरेको छ । 

वन क्षेत्र फँडानी गरी बसेको मानवबस्तीमा जङ्गली हात्तीको आक्रमण बढ्दै गए पनि उत्पन्न समस्या समाधान गर्न सरकारले खासै चासो नदेखाएको गुनासो स्थानीयवासीले गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह