२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

किस्ताबन्दीको राहतले रोल्पाका द्वन्द्वपीडितलाई सास्ती

२०७३, १८ माघ मंगलवार ०७:२२

माघ १८, रोल्पा । सशस्त्र द्वन्द्वको समयमा भौतिक तथा मानवीय क्षति पुगेकालाई सरकारले उपलब्ध गराउँदै आएको राहत रकम किस्ताबन्दीमा दिँदा झन सास्ती भएको द्वन्द्वपीडितले गुनासो गरेका छन् ।

जिल्लामा हाल राहत पाउने द्वन्द्वपीडितको सङ्ख्या चार हजार ९०० रहेको स्थानीय शान्ति समिति रोल्पाका पूर्व संयोजक खेम बुढामगरले जानकारी दिए। राहत पाउनेमध्ये हालसम्म ९४६ मृतक, ३३ बेपत्ता रहेका छन्। उनीहरुको परिवारलाई जनही रु पाँच लाखसम्म राहत दिएको बुढाले बताए ।

यसैगरी, जिल्लामा पति गुमाएका एकल महिलाको सङ्ख्या ३२३, टुहुरा बालबालिकाको सङ्ख्या १८०, घाइते अपाङ्ग ५९५, अपहरण २०१, जीवन निर्वाह भत्ता पाउने ७७, विस्थापित एक हजार ९४१ र छात्रवृत्ति पाउनेको सङ्ख्या ५९७ रहेको बताइएको छ ।

राहत रकम सरकारले किस्ताबन्दी रुपमा दिँदा थप सास्ती भोग्नुपरेको द्वन्द्वपीडितको गुनासो छ । राहत रकम एकै पटक उपलब्ध भए जीविकोपार्जनका लागि ठूलै काम गर्न सकिने भएपनि किस्ताबन्दी रकमले परिवारमा द्वन्द्व बढाएको द्वन्द्वपीडित कुमार शाहले बताए ।

सशस्त्र द्वन्द्वको समयमा रोल्पामा राज्य र विद्रोही पक्षबाट प्रभावित भएको भन्दै राहतका लागि पहिलो चरणमा निवेदन दिएकाको सङ्ख्या १५ हजार ४२६ रहेपनि जिल्ला प्रशासन कार्यालय रोल्पाले राहतका लागि ११ हजार ६५ जनाको नाम मात्र सिफारिस गरेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह