१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

किस्ताबन्दीको राहतले रोल्पाका द्वन्द्वपीडितलाई सास्ती

१८ माघ २०७३, मंगलवार ०७:२२

माघ १८, रोल्पा । सशस्त्र द्वन्द्वको समयमा भौतिक तथा मानवीय क्षति पुगेकालाई सरकारले उपलब्ध गराउँदै आएको राहत रकम किस्ताबन्दीमा दिँदा झन सास्ती भएको द्वन्द्वपीडितले गुनासो गरेका छन् ।

जिल्लामा हाल राहत पाउने द्वन्द्वपीडितको सङ्ख्या चार हजार ९०० रहेको स्थानीय शान्ति समिति रोल्पाका पूर्व संयोजक खेम बुढामगरले जानकारी दिए। राहत पाउनेमध्ये हालसम्म ९४६ मृतक, ३३ बेपत्ता रहेका छन्। उनीहरुको परिवारलाई जनही रु पाँच लाखसम्म राहत दिएको बुढाले बताए ।

यसैगरी, जिल्लामा पति गुमाएका एकल महिलाको सङ्ख्या ३२३, टुहुरा बालबालिकाको सङ्ख्या १८०, घाइते अपाङ्ग ५९५, अपहरण २०१, जीवन निर्वाह भत्ता पाउने ७७, विस्थापित एक हजार ९४१ र छात्रवृत्ति पाउनेको सङ्ख्या ५९७ रहेको बताइएको छ ।

राहत रकम सरकारले किस्ताबन्दी रुपमा दिँदा थप सास्ती भोग्नुपरेको द्वन्द्वपीडितको गुनासो छ । राहत रकम एकै पटक उपलब्ध भए जीविकोपार्जनका लागि ठूलै काम गर्न सकिने भएपनि किस्ताबन्दी रकमले परिवारमा द्वन्द्व बढाएको द्वन्द्वपीडित कुमार शाहले बताए ।

सशस्त्र द्वन्द्वको समयमा रोल्पामा राज्य र विद्रोही पक्षबाट प्रभावित भएको भन्दै राहतका लागि पहिलो चरणमा निवेदन दिएकाको सङ्ख्या १५ हजार ४२६ रहेपनि जिल्ला प्रशासन कार्यालय रोल्पाले राहतका लागि ११ हजार ६५ जनाको नाम मात्र सिफारिस गरेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा