दलसिंह गिरी/माघ १८, कालिकोट । कर्नालीको समृद्ध विकासका लागि दशकौ बर्ष देखि थालिएका भौतिक निर्माणका अधुरा अभियानहरु नेपाली कांग्रेसले पुन: संचालनमा ल्याएको नेपाली कांग्रेसका जिल्ला सभापति हर्ष बहादुर बमले बताउनु भएको छ ।
आज पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै जिल्लाको समग्र विकासमा नेपाली कांग्रेसले खेलेको भूमिका बारे यस्तो कुरा बताउनु भएको हो । तिन दशक पहिले जिल्लामा छिटो र छरितो यात्रा गर्न सहज पुर्याउने उद्देश्यले सुरु गरिएको कोटवाडाको सुनथराली विमान स्थल अहिले कांग्रेसी मन्त्रिकै पालामा सम्पन्न हुने तयारीमा रहेको बताउदै यस्ता महत्वकांक्षी गौरवका भौतिक योजनाहरु कांग्रेसले अगाडी बढाएको बमले जिकिर गर्नु भएको छ ।
यस्तै चिन र भारत स्थलगत ब्यापार विस्तार गर्ने प्रमुख ब्यापारीक नाकाको रुपमा रहेको रुपैडिया हिल्सा सडक खण्ड अन्तर्गत कर्नाली नदीको खुलालुमा बिगत ६ बर्ष पहिले उद्घाटन गरिएको पक्कीपुल निर्माण कार्य सुचारुका लागि पहिलेको टेण्डर रद्ध गरी फेरी कांगेसी मन्त्रीको पालामा निर्माण कार्य सुरु भैसकेकाले केही महिनामै पुल निर्माण कार्य सम्पन्न हुने बमले बताउनु भएको छ ।
जिल्लाको हरेक विकासी योजनामा आफ्नो पार्टीले विशेष ध्यान दिएकाले जिल्लाको स्वास्थ्य स्तरको उन्नती देखि सडक संजाल विस्तार सम्म हरेक विकासमा कर्नाली जाग अभियान आफ्नो पार्टीले सुरु गरेको जिकीर गर्नु भएको छ ।
कांग्रेस विना देशले मुहार फेर्न सक्दैन भन्ने कुरा २०७२ को संविधान घोषणाले पुष्टीगरेको बताउदै बमले अब कर्नालीलाई समृद्ध बनाउन नेपाली कांग्रेसको कर्नाली जाग अभियान सार्थक बन्ने बताउनु भएको छ ।