१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नेपाल माविको अध्यक्षमा फेरी दिवश खत्री चयन

१८ माघ २०७३, मंगलवार १५:२५


कृष्णा कँडेल/माघ १८, बागलुङ । नेपाल माध्यमिक विद्यालय ताराखोलामा सम्पन्न अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको छ ।

कार्यक्रममा बोल्दै श्रोत व्यक्ति डिल्लीप्रसाद शर्माले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक लगायत सम्पुर्ण सरोकारवाला एक भएर लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रमको अवसरमा  निर्वाचन मण्डलका संयोजक नरेश केसी, शिक्षक अभिभावक संघका अध्यक्ष धन बहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य लिला विक लगायतले मन्तव्य राख्नुभएको थियो । 

भेलाले दिवश खत्री पदमको अध्यक्षतामा गठन भएको ९ सदस्यीय विद्यालय व्यवस्थापन समितिको सदस्य सचिव प्रधानाध्यापक भिमनाथ सुवेदी रहनुभएको छ । सदस्यमा लिला विक, खगराज सापकोटा, सपना वुढाथोकी, गौमती घर्ती, लोक वहादुर क्षेत्री, दिर्घ घर्ती, सिता सापकोटा रहनुभएको छ । 

भेलाले धनबहादुर खत्रीको अध्यक्षतामा ७ सदस्यिय शिक्षक अभिभावक संघ गठन गरेको छ । कार्यक्रमामा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित दिवश खत्री पदमले विद्यालयको सवै पक्षको सुधारका लागि आफुले सम्पुर्ण सरोकारवालासँग समन्वय गरेर काम  गर्नु प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भेला कर्णबहादुर चोखालको अध्यक्षता, शिक्षक दिपेन्द्र पौडेलको स्वागत मन्तव्य र शिक्षक रामलाल सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह