प्रभात सुवेदी । माघ १८, बर्दिया । 

मौसम चिसो थियो । वरपर कुहिरोले ढपक्क ढाकेको अवस्था थियो । मंगलबार विहान साडे ९ बजेतिर कसैलाई कार्यालय जान हतारो थियो भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । माघ १८, बर्दिया । 

मौसम चिसो थियो । वरपर कुहिरोले ढपक्क ढाकेको अवस्था थियो । मंगलबार विहान साडे ९ बजेतिर कसैलाई कार्यालय जान हतारो थियो भन"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

एक्कासी मुख्य चोकमै शङ्क रन्किएपछि ! (भिडियो सहित)

१८ माघ २०७३, मंगलवार १७:१०

प्रभात सुवेदी । माघ १८, बर्दिया । 

मौसम चिसो थियो । वरपर कुहिरोले ढपक्क ढाकेको अवस्था थियो । मंगलबार विहान साडे ९ बजेतिर कसैलाई कार्यालय जान हतारो थियो भने बालबालिकाहरु कोही पैदल, कोही साइकलमा विद्यालय जान हतारिँदै थिए । सदरमुकाम गुलरिया स्थित मुख्य चोकमा नै एक्कासी शङ्खघण्टको आवाज आएपछि भने सबैको ध्यान एकैछिन भएपनि त्यतैतिर आकर्षित भएको थियो ।

विगत केही वर्षदेखि नै कहिले संविधान नल्याएको, कहिले राजनैतिक अस्थिरता छाएको र कहिले बन्द हड्ताल भएको र कहिले निर्दोष जनताहरु विनाकारण मारिएको भन्दै नेपालका धेरै ठाउँहरुमा श्राद्ध, शान्तिपूजा तथा पाञ्चायन पूजन गर्दै आउनुभएका गुलरियाका नागरिक राकेश कुमार शर्माले वर्तमान नेतृत्वबाट अब मुलुक झन् झन् सङ्कटमा फँस्दै जाने र जनताहरुको टाउको प्रहार हुने काम मात्रै हुने भएकोले यसको यथाशीघ्र विकल्प खोजिनु पर्ने भन्दै पाञ्चायन देवहरुको पूजन गर्नुभएको हो । 

राष्ट्र र राष्ट्रियता जोगाऔँ भन्दै वहाँले नयाँ शक्तिको आवश्यकतालाई औंल्याउनु भएको छ । कार्यक्रममा राखिएको व्यानरमा वहाँले राष्ट्रिय अखण्डता, एकता, सार्वभौमसत्ता, पाँच प्रदेश, प्रजातन्त्रको रक्षा, हिन्दु राष्ट्र कायम गर्न, भ्रष्टाचार र दण्डहिनताको अन्त्य गर्न बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र र श्री ३ जङ्गबहादुर राणा आदि जस्ता राष्ट्रवादी शक्तिको आवश्यकता भएको कुरा उल्लेख गरिएको थियो । साथै पाञ्चायन पूजनपश्चात वहाँले नेताहरुले डलरको लोभमा सनातन हिन्दू धर्मको अस्तित्व मेट्ने प्रयास गरेकोले आक्रोस व्यक्त गर्नुहुँदै यदि यस्तै हो भने यो मुलुकको प्रगतिको लागि लिजमा दिए भैहाल्यो नि भन्नुभयो । 

वहाँले चोकमा विधिवत् पाञ्चायन पूजन गरिरहँदा वरपर बसेर विभिन्न व्यक्तिहरुले दृश्यावलोकन गरेका थिए ।

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा