२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको रत्ननगरको गङ्गा प्लाजामा आगलागी

२०७३, १९ माघ बुधबार ०३:१७

माघ १९, रत्ननगर (चितवन) | चितवनको रत्ननगरस्थित गङ्गा प्लाजामा गएराति आगलागी हुँदा झन्डै रु ४० लाख बराबरको क्षति भएको छ । 

राति ९ बजेर १५ मिनटको समयमा आगलागी हुँदा गङ्गा प्लाजाभित्र रहेको बेबी स्टोर, फेन्सी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । प्रहरीका अनुसार आगो राति १०ः३० बजे पूर्ण नियन्त्रणमा आएको हो । 

रत्ननगर–१ सौराहा चोकमा टङ्क लामिछानेले सञ्चालन गरेको बेबी स्टोरसँगै रहेको फेन्सी पसलमा आगलागी हुँदा कपडा, फर्निचर, जुत्ता चप्पल गरेर रु ३५ लाख देखि ४० लाखको क्षति भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय, रत्ननगरले जनाएको छ । 

विद्युत् चुहावट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीको भनाइ छ । मानवीय क्षति भने भएको छैन । भरतपुरबाट गएको दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ