माघ १९, रोल्पा | सशस्त्र द्वन्द्वमा परिवारका सदस्य गुमाएका तथा अङ्गभङ्ग भएका कृषकको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ रोल्पालगायत देशका विभिन्न १० जिल्लामा द्वन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १९, रोल्पा | सशस्त्र द्वन्द्वमा परिवारका सदस्य गुमाएका तथा अङ्गभङ्ग भएका कृषकको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ रोल्पालगायत देशका विभिन्न १० जिल्लामा द्वन"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पा सहित १० जिल्लाका द्वन्द्वपीडित किसानलाई अनुदान दिइने

१९ माघ २०७३, बुधबार ०५:२४

माघ १९, रोल्पा | सशस्त्र द्वन्द्वमा परिवारका सदस्य गुमाएका तथा अङ्गभङ्ग भएका कृषकको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ रोल्पालगायत देशका विभिन्न १० जिल्लामा द्वन्द्वपीडित किसान अनुदान कार्यक्रम सुरु भएको छ । 

हरेक जिल्लामा २२ जना द्वन्द्वपीडित किसान छनोट गरी प्रतिकिसान रु ४० हजारका दरले अनुदान दिनेगरी कार्यक्रम अगाडि बढेको जिल्ला कृषि विकास कार्यालय, रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

किसान छनोटका लागि आह्वान गरिएको सूचनामा रोल्पाका ६० जना द्वन्द्वपीडित किसानले निवेदन दिएकामा ती निवेदनमाथि स्थलगत अनुगमन गरी २२ जना मात्र छनोट गरिने जानकारी दिँदै छनोटका विभिन्न १० आधार तय गरिएको र सोही आधारमा जिल्ला कृषि विकास समितिले छनोट गर्ने उहाँले बताउनुभयो । 

कम्तीमा दुई रोपनी जग्गामा व्यावसायिक तरकारीखेती गर्ने किसान छनोट गरी अनुदान उपलब्ध गराइने जिल्ला कृषि विकास कार्यालय रोल्पाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य