माघ १९, नवलपरासी । पाल्ही बहुमुखी क्याम्पस परासीलाई पुर्व गृहराज्य मन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता देवेन्द्र राज कण्डेलले पुस्तक र दराज प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १९, नवलपरासी । पाल्ही बहुमुखी क्याम्पस परासीलाई पुर्व गृहराज्य मन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता देवेन्द्र राज कण्डेलले पुस्तक र दराज प"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको पाल्ही बहुमुखी क्याम्पसलाई पुस्तक प्रदान

२०७३, १९ माघ बुधबार ११:४९


माघ १९, नवलपरासी । पाल्ही बहुमुखी क्याम्पस परासीलाई पुर्व गृहराज्य मन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता देवेन्द्र राज कण्डेलले पुस्तक र दराज प्रदान गर्नु भएको छ । बसन्त पंचमी तथा सरस्वती पुजाको अवसरमा क्याम्पसमा आयोजित पुजा तथा पुस्तक वितरण कार्यक्रममा नेता कण्डेलले सो शैक्षिक सामाग्री वितरण गर्नु भएको हो ।

नेपाल विद्यार्थी संघ पाल्ही बहुमुखी क्याम्पस ईकाइ समिति परासीका संयोजक धिरज हलुवाईको अध्यक्षता एवं नेका केन्द्रिय सदस्य कण्डेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेता कण्डेल, नेका जिल्ला सभापति विष्णु लामिछाने, नेका क्षेत्र नं. ४ सभापति नरेन्द्र कुमार गुप्ता, उपसभापति अमृत सिंह जिसी, सचिव माधव शर्मा, नेविसंघ जिल्ला उपाध्यक्ष राजन भण्डारी, सचिव जयराम बस्याल, पाल्ही क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम पाठक, ईलम प्रशिक्षण केन्द्रका संयोजक बैजनाथ जयसवाल, नेविसंघ पुर्व उपाध्यक्ष दिपक क्षेत्री, नेका उप नगर सभापति श्रीधर बस्याल, उद्योग वाण्ज्यि संघका पुर्व अध्यक्ष विरेन्दं अग्रहरी, नेका महाधिवेशन प्रतिनिधि उत्तम राय, नेविसंघ क्षेत्र नं. ४का पुर्व क्षेत्रिय सभापति रोशन शाह, नगर तरुणदल सभापति सर्वेश जयसवाल, नेविसंघ ईकाई सभापति धिरज हलुवाई, नेविसंघ पुर्व सदस्य अवधेश यादव, पत्रकार अनिल यादव, लगायतले क्याम्पसको शैक्षिक गुणस्तरका लागि क्याम्पसलाई शिक्षा र व्यवस्थापन तर्फ गरि  १ सय ८० वटा किताब एवं दराज प्रदान गर्नु भएको छ ।  


कार्यक्रममा बोल्दै नेता कण्डेलले क्याम्पसको शैक्षिक अवस्था सुधारिदै क्याम्पसकको आवश्यक भौतिक संरचनाहरु व्यवस्थित हुन जरुरी रहेको बताउनु भयो । नेता कण्डेलका अनुसार यस क्याम्पसले सयांै विद्यार्थीहरुलाई दक्षजनशक्तिको रुपामा उत्पादन गरिसकेको छ । शिक्षाको क्षेत्रमा क्याम्पसले अझै प्रतिस्पर्धा मार्फत विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा अग्रसर बनाउन भुमिका खेल्न आवश्यक रहेको बताए । 

कार्यक्रमका अध्यक्ष धिरज हलुवाई, कार्यक्रमका प्रमुख अतिथि एवं नेका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल, विशिष्ट अतिथि एवं नेका जिल्ल सभापति  विष्णु लामिछाने, विशिष्ट अतिथि एवं क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम पाठक, अतिथी एवं नेका क्षेत्र नंं ४ का क्षेत्रिय सचिव माधव शर्मा, नेविसंका जिल्ला सचिव जयराज बस्याल, ईलम प्रशिक्षण केन्द्रका अध्यक्ष बैजनाथ जयसवाल, नेविसंघका पुर्व उपाध्यक्ष दिपक क्षेत्री, नेविसंघ ईकाई उपाध्यक्ष हुसैन अंसारी, सचिव प्रकाश न्यौपाने लगायतले मन्तब्य राख्नु भएका थिए ।  

त्यसैबिच राष्ट्रिय माध्यमिक विद्यालय सनईमा पनि सरस्वती पुजा एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रअ भरत पाण्डेको अध्यक्षता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम पाठकको प्रमुख अतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । 


कार्यक्रममा प्रमुख अतिथि एवं समितिका अध्यक्ष पाठकले ३६ लाखको दुई तल्ले भवनको योजना यस विद्यालयमा पसिकेको अभिभावकहरुलाई जानकारी गराउनु भएको छ । अध्यक्ष पाठकले मधेशका सामुदायिक विद्यालयहरु मध्ये नमुना विद्यालयको रुपमा विद्यालयलाई व्यवस्थापन गरि पठन पाठन गराउदै आएको समेत जानकारी दिनु भयो । 

उहाँले यस विद्यालयलाई व्यस्थापन गर्न आर्थिक भौतिक, सहयोग गर्ने सम्पुर्ण सहयोगीलाई धन्यवाद समेत ज्ञापन गर्दै यस विद्यालयलाई आगामी शैक्षिक शत्रदेखि कक्षा १२ सम्मको पनि पठन पाठन सुचारु गराउने जानकारी दिनु भयो । विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गरिदै आइएको छ । यो विद्यालय पुर्ण सरसफाई, वातावरण मैत्री, र पार्क शैलीमा चलिरहेको हुँदा यस निकट भविष्यमै जिल्ला शिक्षा कार्यालयले नमुना विद्यालयको रुपमा छनौट गर्ने कार्यालयको आस्वासन रहेको जानकारी गराउनु भयो । 

कार्यक्रममा अतिथि एवं एभिन्युज टेलिभिजनका जिल्ला संवाददाता हुसैन अंसारी, रेडियो सुनवलका संवाददाता प्रकाश न्यौपाने, शिक्षा प्रेमी, जगदिश पाठकले मन्तब्य राख्नु भएको थियो भने कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । 

त्यसैगरि युनिक बेबीकेयर स्कुल परासीले पनि सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका फाउण्डर अशोक कुमार श्रेष्ठको अध्यक्षता एवं पाल्ही बहुमुखी क्याम्पसका प्रधानाध्यापक श्रवण कुश्वाहाको प्रमुख अतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । 

सरस्वती माताको पुजा पश्चात कार्यक्रममा विद्यालयका विभिन्न स–साना बालबालिकाहरुले नाचगान प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि श्रवण कुश्वाहा, विशिष्ठ अतिथि नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष श्रीधर बस्याल, अतिथि नेपाली कांग्रेस नगर सभापति नारायण रेग्मी, सचिव बसन्त शर्मा, रामग्राम जेसिज सभापति अनुप पाठक, सागरमाथा एकेडमीका फाउण्डर अविनाश रेग्मी, रामग्राम महिला जेसिज महासचिव रम्भा कुँवर लगायतले मन्तब्य राख्नु भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह