पर्वत । पाँचौ पर्वत महोत्सवमा महिलामाथि दुव्र्यवहार भएको भन्दै स्टलव्यापारी आन्दोलित बनेका छन् । यता व्यापार नभएको चिन्ता उता मध्यरातमा स्टलमा सुतिरहेका महिला तथा बा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पाँचौ पर्वत महोत्सवमा महिलामाथि दुव्र्यवहार भएको भन्दै स्टलव्यापारी आन्दोलित बनेका छन् । यता व्यापार नभएको चिन्ता उता मध्यरातमा स्टलमा सुतिरहेका महिला तथा बा"/>
७ पुष २०८२, सोमबार
पर्बत - PBT

महोत्सव परिसरभित्रै महिलामाथि दुव्र्यवहार भएको सार्वजानिक (भिडियोसहित)

२० माघ २०७३, बिहीबार ०५:१६

पर्वत । पाँचौ पर्वत महोत्सवमा महिलामाथि दुव्र्यवहार भएको भन्दै स्टलव्यापारी आन्दोलित बनेका छन् । यता व्यापार नभएको चिन्ता उता मध्यरातमा स्टलमा सुतिरहेका महिला तथा बालिकामाथि दुव्र्यवहार भएपछि स्टल व्यापारी आन्दोलित बनेका हुन् । महोत्सवको आठौ दिन राती एकाएक स्टलमा तोडफोड सहित बालिकामाथि दुव्यवहार भएको भन्दै स्टल व्यापारी स्टलनै बन्द गरी आन्दोलित बनेका हुन् ।  उनीहरुले सुरक्षाका लागि खटिएका प्रहरीबाटनै दुव्र्यवहार भएको बताएका छन् । एक महिलाले भनिन् प्रहरी हाम्रो सुरक्षाको लागि राखिएको होकि हाम्रा चेलीबेटीमाथि दुव्र्यवहार गर्नको लागि राखिएको हो । व्यापार छैन हामी घाटामा गएका छौं त्यसमाथि हाम्रा चेलीमाथि दुव्र्यवहार भन्दै उनीहरु आन्दोलित भएका हुन् । स्टलनै बन्द गरेका बसेका  व्यपारीले साँझ परेपछि मात्रै स्टल खुलेका थिए ।आयोजकको फितोलो व्यवस्थापनले साख गुमाएको पश्चिमान्चल औद्योगिक मेला तथा पाँचौ पर्वत महोत्सवमा देखिएका साइड ईफेक्टहरुले महोत्सव र यसका आयोजकहरु चर्चाको शिखरमा देखिन थालेका छन् ।


आयोजकहरुमाथी आफना परिवार र आसेपासेलाई निशुल्क पास बाँड्ने देखी महोत्सवलाई लोकदोहोरी गायकहरुको  भेलामा परिणत गरेको आरोप लागिरहेको बेला महोत्सव स्थलमा रहेका स्टलहरुमा बस्ने महिलामाथी दुव्र्यवहार भएको घटना बाहिर आउनुले महोत्सवको बदनाम भएको छ ।रातपरेपछि महोत्सव तात्ने गरेको जनाउँदै आएको आयोजकले एकाएक महिलामाथि दुव्र्यवहार र अनुचित कार्य भएको बाहिर आउन थालेपछि रातपछि तात्ने महोत्सवको अर्थ यहि हो कि भन्ने भान हुन थालेको छ । महोत्सव स्थलकै सुरक्षामा लापर्बाही देखिएपछी आयोजकहरुको अकर्मण्यता माथि प्रश्न उठेको छ । सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरुबाटै गए राति स्टलमा सुतेकी महिलामाथी दुर्ब्यबहार गरिएको गम्भीर घटनाले जिल्लाको शान्ति सुरक्षाको उपहास भएको ठहर गर्दै स्थानीयले महिला माथी दुर्ब्यबहार गर्ने सुरक्षाकर्मी माथी तत्काल कडा कार्बाही गर्न सम्वद्ध निकायसंग माग समेत गरेका छन् ।

तत्काललाई घटना सामसुम पार्ने प्रयास गरिएपनि महोत्सव स्थल भित्रै महिलामाथि भएको दुर्ब्यबहारको चर्चा डढेलो झै फैलिएको अबस्था छ ।घटनालाई समाम्य पारिएको छ । थप विवतरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने