सलिम अन्सारी/माघ २०, प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको वैठक सम्पन्न भएको छ । 

वैठकले नेपाल पत्रकार महासंघको केन्द्रिय निर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/माघ २०, प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको वैठक सम्पन्न भएको छ । 

वैठकले नेपाल पत्रकार महासंघको केन्द्रिय निर्"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

पत्रकार महासघं प्युठानको बैठक सम्पन्न, छैठौ अधिबेशन फागुन १२ मा

२०७३, २० माघ बिहीबार ०७:४७


सलिम अन्सारी/माघ २०, प्युठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको वैठक सम्पन्न भएको छ । 

वैठकले नेपाल पत्रकार महासंघको केन्द्रिय निर्णय अनुसार फागुन १२ गते छैठौ जिल्ला अधिवेसन गर्ने निर्णय गरेको छ ।बुधबार जिल्लाको बाग्दुलामा बसेको बिस्तारित बैठकले कालिका बिकास केन्द्र बिजुवारको सभाहलमा अधिबेशन गर्ने निर्णय गरेको हो।

अधिबेशन सफल पार्न बैठकले बिभिन्न उपसमिती समेत गठन गरेको छ। जस अनुसार प्रचारप्रसारका लागि नोमराज पौडेल संयोजक रहेको ११ सदसिय प्रचार प्रसार समिती गठन गरिएको छ। जस्मा  केशर रोका,सुजल श्रेष्ठ,सलिम अन्सारी,सिटि पोख्रेल,लोकेन्द्र सुनार,जुमान सिंं केसि, शसिधर भण्डारी, एलिसा बस्नेत,सृजना सेन र नर्मदा भट्ट सदस्य रहेका छन ।

 अधिवेसनमा निर्वाचनका लागि  डा.शिबराम पण्डितको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ जसको सदस्यहरुमा खुम बहादुर थापा र राम प्रसाद पौडेल जल रहनुभएको छ ।

त्यसैगरि वैठकले नेपाल पत्रकार महासंघले दिदैआएको उत्कृष्ट पत्रकारिता पुरस्कार र महासंघ मार्फत दिईने अन्य पुरस्कारको छनोटकोलागि पनि  सम्मान तथा पुरुस्कार छनौटउपसमिति गठन गरेको छ ।  नेपाल पत्रकार महासंघ प्युठान शाखा अध्यक्ष गिरु प्रसाद भण्डारिको संयोजकत्वमा महासंघका पुर्ब अध्यक्ष सुशील पोख्रेल र संजय रिजाल सदस्य रहेको ३ सदस्यीय उक्त समिति गठन गरिएको हो ।

त्यस्तै महासंघको आगामी नेतृत्व सर्बसहमत बनाउन आवाश्यक छलफल र गृहकार्यका लागि सुशील पोख्रेल संयोजक्तवमा तीन सदस्य कार्यदल पनि गठन गरिएको छ।कार्यदलमा अग्रज पत्रकार इमानसिहँ भारती र गिरुप्रसाद भण्डारी सदस्य रहेको अधिबेशन मुल आयोजक समितिले जनाएको छ ।

 पत्रकार महासंघ प्युठानका अध्यक्ष गिरुप्रसाद भण्डारीको अध्यक्षता रहेको वैठकमा कार्यसमितिका पदाधिकारी, केन्द्रिय पार्सद, सल्लाहकारका साथै जिल्लामा कृयाशिल पेशागत संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको पनि बिशेष उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह