पर्वत । पाँचौ पर्वत महोत्सवमा १४ बर्षिया बालिकामाथि दुव्र्यवहार भएको भन्दै स्टलव्यापारी आन्दोलित बनेका छन् । यता व्यापार नभएको चिन्ता उता मध्यरातमा स्टलमा सुतिरहेका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पाँचौ पर्वत महोत्सवमा १४ बर्षिया बालिकामाथि दुव्र्यवहार भएको भन्दै स्टलव्यापारी आन्दोलित बनेका छन् । यता व्यापार नभएको चिन्ता उता मध्यरातमा स्टलमा सुतिरहेका "/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

महोत्सव परिसरभित्रै बालिकामाथि दुव्र्यवहार,स्टलव्यापारी आन्दोलित

२० माघ २०७३, बिहीबार ०७:५६

पर्वत । पाँचौ पर्वत महोत्सवमा १४ बर्षिया बालिकामाथि दुव्र्यवहार भएको भन्दै स्टलव्यापारी आन्दोलित बनेका छन् । यता व्यापार नभएको चिन्ता उता मध्यरातमा स्टलमा सुतिरहेका महिला तथा बालिकामाथि दुव्र्यवहार भएपछि स्टल व्यापारी आन्दोलित बनेका हुन् ।


महोत्सव परिसरको सुरक्षाको लागि खटिएका प्रहरी जवानले १४ बर्षिया बालिकामाथि अनुचित हर्कत गरेपछि उनी रुदै आफन्तसँग पुगेथिइन ।  उनको चिच्चाहवट आवाजले जम्मा भएका स्टल व्यापारीले प्रहरीलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।


महोत्सवको आठौ दिन राती एकाएक स्टलमा तोडफोड सहित बालिकामाथि दुव्यवहार भएको भन्दै स्टल व्यापारी स्टलनै बन्द गरी आन्दोलित बनेका हुन् ।  उनीहरुले सुरक्षाका लागि खटिएका प्रहरीबाटनै दुव्र्यवहार भएको बताएका छन् । एक महिलाले भनिन् प्रहरी हाम्रो सुरक्षाको लागि राखिएको होकि हाम्रा चेलीबेटीमाथि दुव्र्यवहार गर्नको लागि राखिएको हो । व्यापार छैन हामी घाटामा गएका छौं त्यसमाथि हाम्रा चेलीमाथि दुव्र्यवहार भन्दै उनले आक्रोश व्यक्त गरिन् ।


बालिकामाथि अनुचित हर्कत गर्ने प्रहरी जवानलाई थुनामा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक शेखर खनालले बताए । उनले उक्त घटनाबारे अनुसन्धान भैराखेको बताए । ट्यूटिको समयमा आरोपित प्रहरी जवानले मादक पदार्थ सेवन गरेको मेडिकल रिपोर्टमा प्रमाणित भएको र दुव्र्यवहारको बारेमा भने अनुसन्धान भैराखेको भन्दै खनालले सिपाहीको नाम भने खुलाउन चाहेनन् ।  तर उनले सिपाहीलाई थुनामा राखी अनुसन्धान भैराखेको र दुव्र्यवहार प्रमाणित भए विभागीय कारवाही गर्ने बताए । महोत्सवमा बालिकामाथि दुव्र्यहबार भएपछि महोत्सवमा दर्शकको चाप पातलो हुदै गएको छ । महोत्सव यहि माघ २२ गते  सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड